रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा नेपाली कांग्रेसका नेता तथा समाजसेवी चन्द्र कुमार वाइवाले १५ हजार सहयोग गरेका छन् ।
वाइवा निर्माण सेवाका सञ्चालक समेत रहेका वाइवाले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा अहिले सम्मको सबै भन्दा धेरै १५ हजार सहयोग गरेका हुन । मन्थली नगरपालिका वडा नं १४ फुलासी घर भएका वाइवाले यस अघिको बन्दमा पत्रकारहरुलाई हिडडुल गर्न समस्या नहोस भन्दै क्रियासील महिला पत्रकार (धधव)मार्फत रामेछापका ४० जना पत्रकारहरुलाई प्रेस ज्याकेट समेत बितरण गरेका थिए । वाइवाले पत्रकारलाई जोखिम संग समाना गर्न सजिलो होस भनेर आफुले सानै रकम भएपनि सहयोग गरेको बताएका छन् । सधैं फ्रन्टलाईनमा बसेर काम गर्ने पत्रकार संक्रमणको जोखिम उच्च हुने भएकाले सबैले सहयोग गर्नु पर्ने पनि उनको भनाइ छ ।










