गौतमद्धारा स्वास्थ सामाग्रि हस्तान्तरण

Written by meropradesh creator

११ जेष्ठ २०७८, मंगलवार

रामेछाप । नेकपा एमालेका युवा नेता तथा समाज सेवी रत्न गौतमले जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द रामेछापलाई विभिन्न स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका छन् । मंगलबार जिल्ला स्वास्थ्य कार्यालय लगायतका विभिन्न स्वास्थ्य संस्थाहरुलाई विभिन्न स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको हो । गौतमले नेकपा एमाले रामेछापको पहलमा जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु मार्फत नेकपा एमाले पार्टि जिल्ला कमिटि रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ र आफना प्रतिनिधि मार्फत करिब २ दर्जन भन्दा बढि स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका हुन ।
विश्वब्यापी रुपमा फैलिएको माहामारीले गाउँगाउँलाई प्रभावित बनाई रहेको र त्यसबाट लाखौमा संक्रमण देखिनुका साथै ६ हजार भन्दा बढीले मृत्युवरुण गरेको बेला गौतम्ले जिल्लाका सबैजसो क्षेत्रलाई समेट्ने गरि स्वास्थ्य सामाग्रि निशुल्क रुपमा हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा गौतमको तर्फबाट ठुलो साईजको अक्सिजन सिलिन्डर ६० थान मध्य जिल्ला अस्पताल रामेछापलाई ५० थान र अन्य आबस्यक स्थानका लागि १० थान समेत ६० थान हस्तानतरण गरेको छ । त्यसैगरि जिल्ला अस्पताल रामेछाप ,तामाकोशि अस्पताल ,नेपाली सेना,नेपाल प्रहरी, शसस्त्र प्रहरी र ६४ वटै वडाका लागि २÷२ थान तथा एम्बुलेन्स तथा सब वहान चालकका लागि ६० थान र जिल्लाका ८ वटै पालीका समेतलाई गरि ५ सय ५५थान पिपीई सेट हस्तान्तरण गरेको छ ।


गौतम्ले जिल्ला अस्पताल र तामाकोशि अस्पतालका स्वास्थ्यकर्मिको लागि २ सय थान एन १९ मास्क पनि हस्तान्तरण गरेका छन । त्यसैगरि ३ सय थान एन्टीजेन्ट किट मध्य जिल्ला अस्पतालका लागि २ सय र १ सय किट लीखु तामाकोशि गाउँपालीका वडा नं २ सैपुका लागि हस्तान्तरण गरिएको छ । जिल्ला अस्पताल रामेछापलाई २० थान, तामाकोशि अस्पताल र मन्थली प्राथामिक स्वास्थ केन्द्रका लागि १० ÷१० थान र जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको मातहतमा रहनेगरि १० थान अक्सोमिटर हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले अहिलेको महामारीमा एमाले नेता गौतमले पुर्याएको सहयोगको सरहाना गर्दे आफनो पार्टि आगामि दिनमा पनि सहयोगि अभियानमा लागि रहने आश्वासन दिए । हस्तान्तरण कार्यक्रममा प्रजिअ सैजुले सहयोगी मन र हातहरु लाई धन्यवाद दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म 'दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३' आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता जनाउन सक्नेछन्।...

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापमा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

रामेछापको खाँडादेवी गाउँपालिकामा बुधबारदेखि सुरु हुने १३औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी वैशाख ११ गतेसम्म चल्ने उक्त प्रतियोगिताको व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी...