कोरोना संक्रमणवाट थप एक बृद्धको ज्यान गयो

Written by meropradesh creator

५ जेष्ठ २०७८, बुधबार

रामेछाप । कोरोना संङ्क्रमणवाट बुधबार रामेछापमा थप एक बृद्धको ज्यान गएको छ । कोरोना संङ्क्रमणबाट ज्यान गुमाउनेमा मन्थली नगरपालिका वडा नं १ का ६६ बर्षिय बृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

कोरोना संङ्क्रमित बृद्धको मगंलवार मात्रै उपचारको लागि तामाकोशी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । दिर्घ रोग भएका बृद्धको यसअघि लामो समयसम्म काभ्रेको धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । बृद्धको बुधवार मृत्यु भएसँगै रामेछापमा कोरोना संक्रमण भएर ज्यान गुमाउनको संख्या तीन पुगेको छ । यसअघि खाँडादेवी गाउँपालिकाका एक पुरुष र लिखु तामाकोशी गाउँपालिकाका एक पुरुषको कोरोना संक्रमणवाट ज्यान गएको थियो ।

त्यस्तै वुधवार जिल्लामा थप १४ जना कोरोना संङ्क्रमित थपिएका छन् । थपिएका १४ जना समेत जिल्लामा हालसम्म कोरोना संक्रिय सङ्क्रमितको संख्या ३ सय ५८ जना पुगेको छ । रामेछापमा हालसम्म कोरोना सङ्क्रमित हुनेको संख्या ५ सय ५ जना पुगेको छ । कोरोना संङ्क्रमितहरु मध्ये हालसम्म १ सय ४५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोना संङक्रमण भएर आइसोलेसनमा राखेर उपचार गराइरहेका मध्ये गम्भिर भएपछि ६ जनालाई थप उपचारको लागि राजधानि काठमाण्डौं रिफर गरिएकोे छ । त्यस्तै जिल्लावाट स्वाब संकलन गरि परिक्षणको लागि पठाइएका २ सय ४ जनाको स्वाब परिक्षणको रिर्पोट जिल्लामा आउँन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...