काग्रेस द्वारा स्वास्थ्य सामाग्री सहयोग

Written by meropradesh creator

२ जेष्ठ २०७८, आईतवार

रामेछाप । नेपाली काग्रेस मन्थली नगरपालिका–८ चिसापनी–काठमाण्डौ सम्पर्क समिती द्वारा वडामा सञ्चालील स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा कोराना भाईरस फैलिए संगै स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव हुन सक्ने भन्दै स्वास्थ्य समाग्री सहयोग गरेको हो ।
मन्थली नगरपालिका–८ चिसापनीमा रहेको चिसापानी प्राथमीक स्वास्थ्य केन्द्र र आर्युबेदीक स्वास्थ्य केन्द्रलाई नेपाली काग्रेस मन्थली नगरपालिका–८ चिसापनी–काठमाण्डौ सम्पर्क समितीले ५१ हजार ७ सय बराबरको स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको नेपाली काग्रेसका वडा सभापती ओमप्रकाश पुरीले बताए ।
पहिलो चरणको कोरणा महामारी बाट रामेछाप जिल्ला, मन्थली नगरपालिका–८ चिसापानीका नागरिकमा संक्रमण नदेखीएको भएपनी पनि दोश्रो चरणको कोरोणा महामारी बाट केहि ब्यक्तिहरुमा कोरोना पोजिटिभ देखिएको र अन्य नागरीकहरुमा पनि त्यस संग मिल्दो जुल्दो लक्षणहरु देखिन आएकोले भोलीको दिनमा औषधी अभाब हुन सक्ने देखीएकोले स्वास्थ्य समाग्री सहयोग गरेको बताए ।
स्वास्थ्य संस्थाहरुमा कोरोना उपचारमा प्रयोग गरिने अति आवश्यकिय औषधि र स्वास्थ्यकर्मिहरुको लागी चाहिने अति आवश्यकिय स्वास्थ्य सुरक्षाका उपकरणहरु नेपाली काग्रेंस मन्थली नगरपालिका–८ चिसापनी–काठमाण्डौ सम्पर्क समिती द्वारा उपलब्ध भए अनुसार आफुहरुले हेल्थपोष्ट र आयुर्वेद अस्पताललाई हस्तान्तरण गरेको पुरीले जानकारी दिए ।
आफुहरुले सहयोग गरेको स्वास्थ्य सुरक्षाका उपकरण तथा औषधिहरुले अहिलेको सुरुवाती अभावलाई केहि मद्धत पुग्ने र चिसापानीका आम जनसमुदायहरुको लागी उपयोगमा आउने अपेक्षा लिएको भन्दै आगामी दिनहरुमा कुनैकिसिमको सहयोग आवश्यक परेमा सम्पर्क समितीले सहयोग गर्ने सम्पर्क समितिका सभापती मनोज श्रेष्ठले बताए । उनले भने हामी अहिले बिभिन्न पेशा र ब्यवसाय गरेर काठमाण्डौ बस्ने चिसापानी स्थायी बासीबाट पहिलो चरणको सहयोग गरेकाछौ आवश्यक परे हामी आफुहरुले सक्ने जस्तो सुकै खालका सहयोग गर्न तयार छौं ।
त्यस्तै नेपाली काग्रेंस मन्थली नगरपालिका–८ चिसापानीे विपत ब्यवस्थापन समितीका सयोजक भुबन श्रेष्ठले भने यो बिपतको अवस्थामा सबैजना सरकारको भर पर्न नहुने भन्दै आफुले सकेको सहयोग यतीबेला सरकारलाई गर्न पर्ने बताए । त्यस्तै गरी उनले यती बेला स्थानीय सरकार अली स्वास्थ्य क्षेत्रमा संवेदन सिल नभएको भन्दै स्थानीय सरकारलाई नागरीकप्रती संबेदन सिल हुन आग्रह समेत गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...