प्रहरी र पत्रकारलाई रामेछाप जेसिजद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

Written by meropradesh creator

१ जेष्ठ २०७८, शनिबार

रामेछाप – विश्वव्यापीरुपमा कोरोना भाइरस फैलिएको भन्दै रामेछाप जेसिजले जिल्ला स्थित नेपाल प्रहरी ,सशस्त्र प्रहरी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका बिच फन्टलाईन बसेर काम गरिरहेका नेपाल प्रहरी ,सशस्त्र प्रहरी र पत्रकारहरुका लागि शनिबार स्वास्थ्य सुरक्षा सामग्रीका रुपमा ३८ सय थान मास्क र ४० लिटर सेनिटाइजर उपलब्ध बितरण गरेको हो ।
रामेछाप जेसिजले जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानालाई २ हजार थान मास्क र २० लिटर सेनिटनइजर उपलब्ध गराएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल आश्रीत गुल्म रामेछापका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक केशवराज प्याकुरेललाई ८ सय थान मास्क र १० लिटर सेनिटाइजर उपलब्ध गराएको छ भने नेपाल पत्रकार महासंघ रामेछापलाई ८ सय थान मास्क र १० लिटर सेनिटाइजर महासंघको कार्यालयमा उपलब्ध गराएको छ । यसैगरी ट्राफिक प्रहरीलाई २ सय थान मास्क उपलब्ध गराएको जेसिज रामेछापका महासचिव सन्तोष खत्रिले जानकारी दिएका छन् ।
जेसिज रामेछापले प्रदान गरेको सामग्री ग्रहण गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज ढुङ्गानाले यसरी सामाजिक संघ संस्थाबाट प्राप्त हुने सहयोगले काम गर्न थप उर्जा मिल्ने बताउदै सहयोगका लागि धन्यवाद व्यक्त गरे । त्यसैगरि सशस्त्र प्रहरी बल आश्रीत गुल्म रामेछापका प्रमुख केशवराज प्याकुरेलले सहयोग प्रति आभार व्यक्त गर्दै कोरोनासँग बच्ने स्वास्थ सुरक्षा सतर्कताको विकल्प नभएको भन्दै सबेैलाइ सतर्कता अपनाउन आग्रह गरे ।
जिल्लामा कोरोना महामारीमा आफ्नो स्वास्थ्यलाइ जोखिममा राखेर फन्टलाइनमा बसेर काम गर्ने सुरक्षा कर्मि र संचारकर्मीलाइ स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै काम गर्न सहयोग पर्याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएको जेसिज रामेछापका अध्यक्ष जीवन कार्कीले बताए ।
जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २७२ पुगेको छ । जस्मा १० जना पत्रकार कोरोना संक्रमित भएका छन् भने १ जना प्रहरी जवान कोरोना संक्रमित भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...