शहीद गंगालालको जन्मभूमि सिस्नुघारी

Written by meropradesh creator

२९ बैशाख २०७८, बुधबार

सन्तोष ढुङ्गेल
बैशाख २९ रामेछाप
रामेछाप ( राणा शासन अन्तयका लागि लडेका शहीद गंगालाल श्रेष्ठको सम्मान नभएको रामेछापबासीको गुनासो छ । शहीद गंगालाल जन्मिएको भूमिमा भंगेरीमा सिस्नु घारिले ढाकिनु उहाँप्रतिको अपमान भएको रामेछापबासीको भनाई छ । राणा शासन अन्त्यका लागि लडेका शहीद गंगालालले राजनीतिक ब्यवस्था परिवर्तनको लागि पु¥याएको योगदानको सम्मान रामेछाप र सिंगो राज्यले नै गर्न नसकेको रामेछापबासीको गुनासो छ । रामेछाप जिल्लाको भंगेरीस्थित तुल्सीदाश श्रेष्ठको घरमा वि.स. १९७५ साल चैत्र ३ गते गंगालाल श्रेष्ठको जन्म भएका थियो । शहीद गंगालाल जन्मनु भएको रामेछापको भंगेर जहाँ अहिले सिस्नु घारिले ढाकिएको छ । गंगालालको नाम लिएर कयौं ब्यक्तिहरु नेता मन्त्री भएको तर गंगालालको सम्मान गर्न नसकेको रामेछापबासीको गुनासो छ ।
पुष्पलाल र गंगालाल पार्क निर्माण गर्ने भनेर सरकारले भंगेरीमा ५० रोपनी जग्गा अधिग्रहण गरेर स्थानीयलाई मुआब्जा पनि दिइसकेको छ तर पार्क निर्माणको काम भने अगाडि बढ्न सकेको छैन । कम्युनिष्ट पार्टीकोे सरकार हुँदा समेत शहीद गंगालाल जन्मिएको भूमिलाई बेवास्था गरिएको स्थानीय नरेशबाबु श्रेष्ठ को भनाई छ । राजनीतिक पार्टीले गंगालाल र पुष्पलाललाई वर्षमा एक पटक सम्झनु बाहेक केही नगरेको श्रेष्ठले बताए । गंगालालको सम्मान हुन नसकेको भनी स्थानीयबासीले पटक–पटक गुनासो गर्दै आएका छन् ानेताहरुले भने सधैभरी एउटै जवाफ दिने गरेका उनको आरोप छ । पुष्पलाल, गंगालाल पार्क युद्धस्तरमा निर्माण गरिने पूर्व सांसद एमाले केन्द्यि सदस्य देवशंकर पौडेल बताउछन् । स्थानियको चिन्तालाई गम्भिर रुपमा लिएका छौ जती सक्दो चाडै पार्क निर्माणको काम गरिने पनि पौडेलले बाताए । गंगालालको जन्मभूमि भंगेरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके दैनिक हजारौं पर्यटकहरु भत्र्याउन सकिने स्थानीयको भनाई छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...