लकडाउनका कारण दूध किसान मारमा

Written by meropradesh creator

२५ बैशाख २०७८, शनिबार

सन्तोष ढुङ्गेल
बैशाख , २४ रामेछाप
कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको भाइसरका कारण सुरु भएको निषेधाज्ञाको कारण रामेछापका दूध किसान मारमा परेका छन् । बिहान एक समय मात्र बजार पसल खुल्ले हुँदा किसानहरुले उत्पादन गरेको बेलुकाको दूध बजार बन्द हुँदा खेर जाने स्थितिमा पुगेको छ ।
व्यवसायीक रुपमा दूध उत्पादन गर्दै आएका किसानहरु यसको प्रत्यक्ष मार खेपिरहेका छन । आफुहरुले उत्पादन गरेको दूध बिहानको डेरिले लिने तर बेलुका लिन नमानेपछि किसानहरू चिन्तित बनेका हुन् । बिहानको दूध मात्र डेरिले लिन्छन् बेलुकाको दूध के गर्ने भन्ने चिन्ताले सताएको दूध किसान डुकुना पोखरेल घिमिरे बताउछिन् ।
निरञ्जन निराकार गाई फार्म संचालन गर्दै आएकी उनी किसानले उत्पादन गरेको दूध डेरीहरुले लिने वातावरण सम्बन्धि निकायले मिलाइदिनु पर्ने बताउछिन् । आफै दुग्ध सहाकारी रामेछापको अध्यक्ष हुँदा पनि किसानले उत्पादन गरेको दूध खपत नहुदा चिन्तित भएको घिमिरे बताउछिन् । किसानले उत्पादन गरेको दूध बिक्री गर्ने वातावरण प्रशासनले मिलाइदिनु पने अर्का किसान केशर क्षेत्री बताउछन् ।
दैनिक १ सय ३० लिटर उत्पादन गर्दै आएका उनको पनि बेलुकाको दूधले बजार नपाउँदा आफू निरास भएको बताउछन् । दूध बिक्री नहुँदा गाईलाई घाँस र दाना खुवाउन समेत समस्या हुन थालेको खत्रीले बताए । आनन्द पशु पालन फार्मका मार्फत खत्रीले १३ वटा गाई पालेका छन् । आफुहरुले उत्पादन गरेको दूध भणडारण गर्न सक्ने अवस्था नरहेको र डेरीहरुले नलिदिए पछि आफुहरु समस्यामा परेको उनले बताए ।
लकडाउनको कारण खपत कम भए सगैं किसानहरुले उत्पादन गरेको दूध लिन नसकेको डेरी संचालक बताउँछन् । दूध लिएर मात्र के गर्ने किन्ने मान्छे नआएपछि र आफुहरुले भण्डारण धेरै गर्न नसकेका कारण यो अबस्था आएको रामेछाप डेरीका संचालक किशोर पौडेल बताउँछन् । प्रशासनले डेरी ब्यबसायलाई सहज संचालन गर्ने वातावरण बनाइदिनु पर्ने पौडेल बताउँछन् ।
अहिले मन्थली आसपासका किसानले उत्पादन गरेको दूधको मात्रा १९ सय लिटर रहेको छ भने बजारमा खपत ६ सय लिटर मात्र रहेको छ । प्रशासनले दूध तथा दूधजन्य पदार्थको उत्पादन तथा बजारीकरणमा सहजता साथै ढुवानीमा सहजीकरण गरिदिए किसानहरूले उत्पादन गरेको सम्पुर्ण दूध लिन सकिने चिरञ्जीवी डेरीका संचालक भानु श्रेष्ठ बताउँछन् । प्रशासनले डेरी उद्योगलाई अन्य ब्यबसाय जस्तै समय निर्धारण गरेका कारण किसानले समस्या बेहोर्नु परेको उनको भनाइ छ । डेरी उद्योगलाई दैनिक १२ देखि १५ घण्टा संचालन गर्न दिनु पर्ने उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले भने किसानको समस्या समाधान गर्न आवश्यक ब्यबस्था गरिने जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...