पत्रकार महांसघ पत्रकारहरुकालागी आइसोलेशन कक्ष

Written by meropradesh creator

२३ बैशाख २०७८, बिहीबार

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको भवन पत्रकारहरुका लागी आइसोलेशन कक्ष निर्माण गरिएको छ । जिल्लामा कोरोना पोजेटिभ भएका संञ्चारकर्मीहरुको संख्या बढदै गएपछि नेपाल पत्रकार महासंघ रामेछापले भवनमा आइसोलेशन कक्ष निर्माण गरेको हो ।


नेपाल पत्रकार महासंघको ¥यापिड रेस्पोन्स टिमको सकृयतामा उक्त आइसोलेशन कक्ष तयार गरिएको हो । यस अघि १ जना मात्र पत्रकारलाई कोरोेना पोजेटिभ देखिएको भएपनि बिहिवार प्राप्त रिपोर्ट अनुसार जिल्लाका ५ जना थप पत्रकारहरुलाई कोरोना पोजेभिट देखिएको थियो । थप पाँच जना सहित जिल्लामा सक्रमित हुने पत्रकारहरुको संख्या ६ पुगेको छ भने रामेछाप जिल्लामा बिहिबार २९ जनाको रिर्पोट पोजेटिभ आएको छ ।
यसरी कोरोना पोजेटिभ देखिने पत्रकारहरुमा पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य १ जना, महासंघका कार्यसमितिका पदाधिकारी १, जना सदस्यहरु २ जना र रेडियो तामाकोशीमा कार्यरत महिला पत्रकार १ जना रहेका छन् । यस अघि नै कोरोना पोजेटिभ देखिनु भएका महासंघका १ जना प्रदेश परिषद सदस्य भने होम आइसोलेशनमा उपचाररत हुनुहुन्छ भने बाँकी ५ जना पत्रकारहरू पत्रकार महासंघको नवनिर्मित आइसोलेशन कक्षमा विहिवार देखि उपचाररत रहनु भएको छ ।
जिल्लामा कोरोना पोजेटिभ प्रतिवेदन आउने पत्रकारहरुको संख्या बृद्धि हुँदै गएका कारण उनीहरुलाई एकै ठाँउको आइसोलेशन कक्षमा राखेर उपचार गर्न सहज गराउने उद्देश्यले महासंघकै भवनमा उक्त कक्ष निर्माण गरिएको पत्रकार महासंघ रामेछापका अध्यक्ष एबं महासंघका ¥यापिड रेस्पोन्स टिमका संयोजक बद्री नयाँघरेले बताउनुभयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...