रामेछाप बजार उच्च जोखिमयुक्त क्षेत्र घोषना गदै निषेधाज्ञा जारी

Written by meropradesh creator

२१ बैशाख २०७८, मंगलवार

रामेछाप । रामेछाप नगरपालिकाले नगरपालिकाका सबै बजार क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र तोकी वैशाख २७ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । नगरपालिकाले प्रेस बिज्ञप्ती जारी गर्दै नगरवासीलाई अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिडडुल नगर्न समेत अनुरोध गरेको छ ।
प्रेस बिज्ञप्ती मार्फत नगरपालिकाले विश्वभर नयाँ भेरियेन्ट सहितको कोरोना भाइरस ( कोभिड–१९ ) महामारीको दोस्रो लहर देश व्यापी रुपमा फैलिदै हाल रामेछाप नगरपालिकामा समेत महामारीको रुपमा फैलिई सकेको भन्दै सबैलाई सर्तक बन्न अनुरोध गरेको छ ।
रामेछाप नगरपालिका स्तरीय ( कोभिड–१९ ) रोकथाम, नियन्त्रण तथा निर्देशन समितिको बैशाख २० को निर्णय तथा जिल्ला प्रशासन कार्यालय मन्थली रामेछापको बैशाख २१ गतेको निर्णय बमोजिम नगरपालिकाका सबै बजार क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र तोकी वैशाख २७ गते सम्मका लागि अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिडडुल गर्न नपाउने गरी रामेछाप नगरपालिकाबाट निषेधाज्ञा जारी भई सकेको छ जानकारी समेत गराएको छ । नगर उपप्रमुख तथा न्यायिक समितीका ंसयोजक सृर्जना खड्कालेको भयावह र विषम परिस्थितीमा आम नगरबासीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी अवधिभर नगरपालिकाको न्यायिक समितिबाट प्रदान गरिने सेवा प्रवाह तथा न्याय सम्पादनका कार्यहरु स्थगित गरिएको व्यहोरा समेत जानकारी गराउदछौं भनेको छ । नगरपालिकाबाट जारी गरिएको निषेधाज्ञाको पूर्णरुपमा पालना गर्दै कोरोना आइसका संक्रमणबाट बच्न तथा आ–आफ्नो स्वास्थ्य सुरक्षा मजबुत बनाउनु हुन सम्पूर्ण नगरवासीलाई अनुरोध समेत गरेको छ । नगरपालिकाले बजार उच्च जोखिमयुक्त क्षेत्र घोषना गदै बन्दगर्नु परेको र यस बाट पर्न गएको असुविधा प्रति न्यायिक समिती क्षेमा प्रार्थी छु समेत भनेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...