अल्पमतमा पर्दापर्दै बने पोखरेल प्रदेश प्रमुख

Written by meropradesh creator

२० बैशाख २०७८, सोमबार

बुटवल ।  लुम्बिनी  प्रदेशमा अल्पमतमा पर्दापर्दै शंकर पोखरेलले पुनःमुख्यमन्त्री बनेका छन् । पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका हुन ।
तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले आइतबार बिहान राजीनामा दिएका थिए । राजीनामा दिए लगतै प्रदेशसभाको विशेष अधिवेशन अन्त्यको सिफारिश मात्र गरेनन्, एमाले संसदीय दलको नेताको हैसियतमा आफ्नो नेतृत्वमा एकल बहुमतको सरकार गठनको पोखरेलले दाबी पेश गरे ।
८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रबाट निर्वाचित दुई र जनता समाजवादी पार्टीका चार प्रदेशसभा सदस्य पदमुक्त भएका थिए र हाल ८१ सदस्य बहाल रहेका थिए । पोखरेलले ४१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित संविधानको धारा १६८ (१) अनुसार सरकार गठनका लागि दाबी पेश गरेका थिए ।
तर साबिकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित विमला वलीले नेकपा एमाले त्याग गदै माओवादी केन्द्रमा प्रबेश गरिन । एमालेकै सांसद दृगनारायण पाण्डेले राजीनामा दिए भने सूर्य चुनाव चिन्ह लिएर जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहले पोखरेललाई साथ नदिने घोषणा गरे ।
लगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाका नेताहरुले प्रदेश प्रमुखलाई भेटेर एमालेको बहुमत नभएकाले पोखरेललाई मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरे । तर बहुमत सदस्यको हस्ताक्षर पेश भएको भन्दै मुख्यमन्त्री धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरे ।
लगत्तै ४२ सांसदको हस्ताक्षर सहित माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेश गरे । प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई संविाधन विपरित पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकाले शपथ रोक्न माग गर्दै विपक्षी सांसदहरुले धर्ना दिएका थिए ।
विपक्षी सांसदहरुको धर्नाका कारण आफू प्रदेश प्रमुखको कार्यालयमा जान समस्या भएपछि मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई आफ्नो कार्यालयमा बोलाएर शपथ लिएका हुन् । प्रदेश प्रमुख आफ्नो कार्यालयबाट बाहिरिने क्रममा सुरक्षाकर्मीहरुले धर्नामा बसेका सांसदहरुमाथि बल प्रयोग गरेका थिए ।
अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको अनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो । तर अधिवेशन सुरु हुन नपाउँदै मुख्यमन्त्री पोखरेलले राजीनामा दिए । त्यसयताका १२ घण्टामा लुम्बिनीको राजनीतिमा थुप्रै उतारचढाव आए र विवादै विवादमा पोखरेल पुनः मुख्यमन्त्री बनेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

रामेछाप, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।  दिवंगत श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म...