कांग्रेस नेता खड्काको अन्त्यष्टि

Written by meropradesh creator

१९ बैशाख २०७८, आईतवार

रामेछाप । नेपाली कांग्रेसका नेता तथा संबिधान सभा सदस्य शिब बहादुर खड्काको पशुपती आर्यघाटमा आज अन्त्यष्टि गरिएको छ । नेता खड्काको पार्थिक शरिरमा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले पार्टीको झण्डा ओडाउदै स्वर्गीय खड्काले पार्टीको विभिन्न पदमा बसेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको अतुलनीय योगदान पार्टीमा सदा स्मरणीय रहि रहने बताउनु भएको छ ।
उहाँको निधनबाट पार्टीले एक अनुभवी र अग्रज नेतृत्वलाई गुमाएको भन्दै दुखः ब्यक्त गर्नु भयो । खड्का नेपाल बिद्यार्थी संघका संस्थापक नेता हुदै जिल्ला विकास समिती रामेछापका पनी संस्थापक सभापती हुन ।
खड्काको आज बिहान आफ्नै घरको बाथरुममा लडेर घाइते हुनु भएको थियो । लडेर घाइत हुनु भएका खड्काको भक्तपुरको नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा लामो समय सक्रिय रहेका खड्का २०४९ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापतिमा निर्वाचित भइ ५ वर्ष काम गर्नु भएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले खड्कालाई तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट खड्कालाई संविधानसभाको सदस्य बनाइएको थियो । पञ्चायतले पार्टी प्रतिबन्ध लगाएको बेला २०३८ सालमा खड्का रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर पार्टीको संगठन गर्नु भएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...