काठमाडौँ । नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कारण १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको बताएको छ । यो सँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ ।
बितेको २४ घण्टामा नेपालमा ५ सय ५५ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएर घर फर्केका छन । योसँगै निको हुनेको सङ्ख्या २ लाख ७८ हजार ५ सय ६ पुगेको मन्त्रालयले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...