दुर्गम गाउँ गौश्वारामा खानेपानी

Written by meropradesh creator

१३ बैशाख २०७८, सोमबार

रामेछाप । खानेपानी डिभिजन कार्यालय रामेछापले सदियौ देखी खानेपानीको समस्या झेल्दै आएका जिल्लाको पश्चिमी क्षेत्र अन्तर्गत विकट मानिने गौश्वाराको ट्याक्सीनमा बसोवास गर्ने ५० घरधुरी उपभोक्ताहरुलाई घरघरमा नै खानेपानी सुविधा पुर्याएको छ ।
दोरम्वा गाउँपालीका वडा नं ४ गौश्वारा अन्तर्गत रुकमनी सानो शैलुङ्ग, पाखाखोला र टुनिखोला गरी तीनवटा मुहानबाट पानी संकलन गरी रातामाटा डाँडामा १४ हजार घनमिटरको ट्याकी निमार्णगरी उक्त पानी संकलन पछि घरघरमा निमार्ण भएको १२ वटा धारापोष्ट मार्फत पानी वितरण गरिएको हो ।
खानेपानी डिभिजन कार्यालय रामेछापको ८० लाख १८ हजार ४ सय रुपैयाँ र स्थानिय जनश्रमदान १७ लाख ८१ हजार गरी कुल ९७ लाख ९९ हजार ४ सय रुपैयाँको लागतमा उक्त योजना सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका इन्जिनिएर नवराज सत्यालले जानकारी दिए । उनले भने– लेकाली भुभाग भएता पनि उक्त क्षेत्रमा खानेपानीको चरम समस्या रहेको र उपभोक्ताहरु एक गाग्राी पानीको लागि घण्टौं लगाएर हिड्नु पर्ने अर्कोतर्फ खुल्ला खोलाको पानी उपभोग गर्दा झाँडापखाला लगाएतका विभिन्न किसिमका रोगहरु लाग्दा समेत खोलाकै पानी प्रयोग गर्दै आएकोमा अब उक्त समस्याको कार्यालयले अन्त्य गरेको बताए ।
गाउँमा खानेपानी नहुँदा एक गाग्राी पानी लिन लेकको एक घण्टाको चिप्लो बाटो हिडेर पाखाखोलावाट पानी ल्याएर खानुपर्दा सारै समस्या  थियो । अब त्यो समस्या सदाको लागी अन्त्य भएको रातामाटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रुकमनी तामाङ्गले जानकारी दिए । उनले भने– निमार्ण सम्पन्न भएको खानेपानी योजना दिगो वनाइ राख्न उपभोक्ताहरुले मर्मत कोष समेत खडा गरी रकम जम्मा गर्ने र पाइप लाइन विग्रे भत्केको खण्डमा त्यहीँ रकम खर्चेर मर्मत गर्ने गरी उपभोक्ताहरुले व्यवस्थापन समेत मिलाएको बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...