व्यवस्थापन समितिको कमजोरीले बिद्यार्थीको भविष्य खतरामा

Written by meropradesh creator

१३ बैशाख २०७८, सोमबार

रामेछाप । सुनापाती गाउँपालिका वडा नम्बर १ गुन्सि भदौरेमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिको कमजारीको कारण बिद्यालयका बिद्यार्थीहरुको भविष्य खतरामा परेको छ । विद्यालय व्यवस्थापनमा अध्यक्षको एकलौटी निर्णय र हस्तक्षेपकारी भूमिकाका कारणले विद्यालयको भौतिक आर्थिक र शैक्षिक स्थिति नाजुक बनेको स्थानिय धुर्ब चौलागाईले आरोप लगाए । विद्यालय व्यवस्थापन समितिमा कर्णबहादुर बम्जन अध्यक्ष भएदेखि विद्यालयको शैक्षिक तथा भौतिक अवस्था झन कमजोर हुँदै गएको उनले आरोप लगाएका छन् । लामो समयदेखि अनेक प्रपञ्च रचेर अध्यक्ष बम्जनले आफ्नै भाइलाई जागिर खुवाएको पनि उनको आरोप छ । पञ्चकन्या आधारभूत विद्यालय विक्रम सम्वत् २०३१ सालमा स्थापना भएको पहिलो प्राथिमक विद्यालय हो । यस विद्यालयले कैयौँ दक्ष जनशक्ति इन्जिनियर, निजामती कर्मचारी, शिक्षक उत्पादन गर्ने आधार बनाइदिएको चौलागाईको भनाइ छ । तर केही वर्षदेखि यस विद्यालयले राम्रो व्यवस्थापन नपाएकोले विद्यालयको भौतिक आर्थिक र शैक्षिक स्थिति नाजुक बनेको उनले बताए ।
विद्यालय प्रधानाध्यापक श्यामप्रसाद गौतमसमेत व्यवस्थापन समितिका अध्यक्षको लहैलहैमा लागिरहेको चौलागाईको भनाइ छ । प्रधानाध्यापक समेतको असक्षमता र अपरिपक्व, अदुरदर्शीता, अभिभावकसँग समन्वय, सहकार्य नगर्न र विद्यालय व्यवस्थापनका अध्यक्षको आफ्नै तरिकाले निर्णय गर्ने समितिका सदस्यहरूसँग छलफल नगर्ने, घर घरमा गइ कीर्ते सहीछाप गराउने आफ्नो स्वार्थ पूरा गर्ने समिति भएकोले विद्यालयको अवस्था खस्कदै गएको चौलागाइले बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य विक्रम माझीका अनुसार अध्यक्षको ध्यान शैक्षिक गुणस्तर र भौतिक संरचना कसरी निर्माण र व्यवस्थापन गर्ने भन्दा पनि विद्यालयको खाता सञ्चालनमा बढी चासो रहेकोे बताए ।
विद्यालय व्यवस्थापन समिति सदस्य माझीले भने अघिल्लो व्यवस्थापन समितिमा पनी आफु सदस्य रहेको र अहिले पनि सदस्य रहेको बताए तर अहिले व्यवसथापन समितिको मिटिङ सार्वजनिक रूपमा नबस्ने, भित्री रूपमा कागजपत्र तयार गर्ने र हस्ताक्षर गर्ने, कतिपय सदस्यहरूलाई कुनै खबरै नगर्ने गरेको उनको भनाई छ । अध्यक्षले विद्यालयको लेडरप्याड र स्ट्याम्प प्याड खल्तिमा बोकेर हिड्ने अनि केही व्यक्ति बसेर आफू अनुकूल निर्णय गर्दै अन्य सदस्यहरूका घरमै गएर हस्ताक्षर गर्न लगाउने गरेको उनको आरोप छ । उनले भने हामीले त्यसको विरोध गर्दा अहिले हामीलाई बैठकको सूचना नै दिँदैनन् ।“
“भाइलाई विद्यालयमा नियुक्त गरेपछि त झन् अहिले प्रधानाध्यापकलाई नै बाइपास गरेर खाता सञ्चालनको तयारी गर्ने प्रपञ्च हुँदैछ । यो गैरजिम्मेवारी र कानुन सम्मत होइन । हामी माझीकै केटाकेटीहरू त्यहाँ बढि छन् र हामीलाई हाम्रा छोरोछोरी र विद्यालयको भविष्यप्रति चिन्ता छ तर उनीहरूले आफ्ना मान्छेलाई जागिर कसलाई खुवाउने भन्ने चिन्ता छ । हेड सरलाई पनि व्यवस्थापन समितिको निर्णय लागू गर्न बाध्य बनाइदै आएको छ । यसमा हाम्रो सहमति छैन माझीको थप आरोप छ ।
उनले भने, “व्यवस्थापन समितिका कारण विद्यालयको पढाइ मात्र होइन बालबालिकाहरूको भविष्यमाथि पनि खेलवाड भइरहेको छ । शिक्षकलाई मानसिक तनाव दिने, समयमा तलबसमेत उपलब्ध नगराउँद पढाइमा गुणस्तरीयता के होला ? यस्तो अवस्थामा विद्यालयका शैक्षिक सुधार कसरी होला ? २०७२ सालको भूकम्पले चर्काएको भवनमा नै पठनपाठन भइरहेको छ । देशभर नयाँभवन बनेपनि पञ्चकन्या आधारभूत विद्यालयको नयाँ भवन त के मर्मत पनी हुन सकिरहेको छैन । जसका लागि पालिका र वडा र शिक्षा हेर्ने निकायसमेत नतमस्तक रहेका छन् । तसर्थ यहाँका सीमान्तकृत र दलित समुदाय नयाँ पक्की भवन निर्माण गरिदिनको लागि स्थानीय सरकार, प्रदेश सरकार तथा शैक्षिक संघसंस्थाको ध्यान पुगोस माझीले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...