रामेछापमा सभा समारोह गर्न बैशाख मसान्त सम्म रोक

Written by meropradesh creator

१० बैशाख २०७८, शुक्रबार

रामेछाप । रामेछापमा बैशाख मसान्त सम्म सभा समारोह गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्र रामेछापले रोक लगाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र रामेछापले ,सभा, सम्मेलन, गोष्ठी, सेमीनार, समीक्षा, तालीम, घुम्ती शिविर, खेलकुद जस्ता कार्यक्रम नगर्न र नगराउन भनेको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र रामेछापका संयोजक एवमु प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजूको अध्यक्षतामा शुक्रबार कर्मचारी मिलन केन्द्रमा बसेको बैठकले कोरोना रोकथाम ,नियन्त्रण, उपचार निगरानीका लागि विभिन्न २१ बँुद्दे निणर्य गरी कार्यान्वन गर्न अनुरोध गरेको छ । उक्त बैठकले जुलुस,आमसभा, खेलकुद जस्ता मानिसहरु भेला हुने सवै कार्यलाई बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ । त्यस्तै विवाह, व्रतबन्ध जस्ता धार्मिक एवम् साँस्कृतिक कार्यक्रम सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने लगाएका २१ बुँद्दे निणर्य गरेको हो ।
बैठकले धार्मिक तिर्थस्थल, मठ मन्दिर, गुम्बा, चर्च, मस्जिदहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गरी बैशाख मसान्तसम्म नित्य पूजा, ध्यान, प्राथना मात्रै गर्न आग्रह गरेको छ । सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, तालिम, प्रशिक्षण, घुम्ती शिविर, खेलकुद जस्ता सबै खाले क्रियाकलाप वैशाख मसान्तसम्म गर्न नपाउने निर्णय गरेको छ । जिल्लामा सञ्चालित होटल तथा रेष्टुरेण्टहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मा मात्रै सञ्चालन गर्ने, बाहिरी मुलुकबाट जिल्ला भित्रिने व्यक्तिहरु १० दिनसम्म अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्ने,सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, सबै यात्रुलाई मास्कको अनिवार्य प्रयोग गराउनुपर्ने, सवारी साधनको ढोकामा र भित्र स्यानीटाइजरको व्यवस्था गर्नुपर्ने लगाएतका निर्णयहरु बैठकले गरेको छ । बैठकले कारोना रोकथाम, नियन्त्रण, उपचार र अनुगमनका लागि सवै स्थानीय तहले १५ वेड क्षमता भएको सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालसँग सङ्क्रमितको उपचारका लागि सम्झौता गर्नुपर्ने, अनुगमन गर्नुपर्ने र शोधभर्ना भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सिफारिस गर्नुपर्ने लगाएतका निर्णयहरु समेत गरेका छन् ।
यसअघि स्थापना गरिएका क्वारेन्टिन, आइसोलेसन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउनुपर्ने र मापदण्डयुक्त एक÷एक वटा क्वारेन्टीनको अनिवार्य व्यवस्था गर्नुपर्ने समितिले निणर्य गरेको छ । विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा कार्यक्रम भने जनस्वास्थ्य सुरक्षा सतर्कताको मापदण्ड पालना गरेर सञ्चालन गर्ने, निर्णय भएको जनाएको छ ।
जिल्ला प्रवेश नाकाहरुमा सम्बन्धित स्थानीय तहहरुले हेल्थ डेक्सको स्थापना गरी स्वास्थ्य जाँच र अभिलेख राख्ने व्यवस्था पनि मिलाउनु पर्ने बैठकले निणर्य गरेको छ । सरकारले जारी गरेका मापदण्ड पालना गर्न बेवास्ता गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रशासनले चेतावनी समेत दिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...