बलात्कारको आरोपमा सन्तोष ढुंगेल पक्राउ

Written by meropradesh creator

१० बैशाख २०७८, शुक्रबार

रामेछाप । फरक क्षमता भएकी १२ बर्षिय एक बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा दोरम्वा गाउँपालिका वडा नं ६ लखनपुरका १९ बर्षिय सन्तोष ढुंगेल प्रक्राउ परेका छन् ।
जंङ्गलमा गोरु चराएर घरतर्फ फर्कदै गरेकी ती बालिकालाई ढुंगेलले गत चैत्र २८ गते सोही गाउँपालिकाको वडा नं ६ लखनपुरको ढुकुरे पिपलवोट भन्ने एकान्त स्थानमा लगेर विभिन्न डर त्रास देखाई जर्वजस्ती करणी गरेका थिए । ढुंगेलले जर्वजस्ती करणीपछि ती बालिकालाई कसैलाई भनिस् भने मारिदिन्छु भन्दै धम्की समेत दिएर बालिकालाई त्यहीँ छाडेर हिडेका थिए ।
घटनापछि ती बालिका रुदै घरमा गएर आफ्ना अभिभावकहरुसँग सबै घटनाका बिषयमा जानकारी गराएपछि उनका परिवारले प्रहरीमा जर्वजस्ती करणी मुद्धामा जाहेरी दर्ता गराएका थिए । अभिभावकले दिएको जाहेरीको आधारमा प्रहरीले घटनामा आरोपित ढुंगेललाई पक्राउ गरेको छ । हाल उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

भटौलीमा टिफर दुर्घटना १ जनाको मृत्यु

भटौलीमा टिफर दुर्घटना १ जनाको मृत्यु

रामेछाप । जिल्ला सदरमुकाम मन्थली नजिक भटौलीमा आज बिहान टिफर दुघट्ना भएको छ । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । बा ०१–००६–३८३९ नम्बरको टिफर पिपल बोट नजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घट्नामा परि एक जनाको ज्यान गएको भए पनि...

प्रतिनिधिसभाको बैठक आज बस्दै 

प्रतिनिधिसभाको बैठक आज बस्दै 

काठमाडौँ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने कार्य तालिका रहेको छ । चालु अधिवेशनमा मन्त्रालयहरूबाट प्राप्त भएका सबै...

रामेछापमा वर्षको पहिलो दिन ४ दुर्घटना

रामेछापमा वर्षको पहिलो दिन ४ दुर्घटना

रामेछाप । रामेछाप जिल्लामा वर्षको पहिलो दिन २०८१ साल वैशाख १ गते ४ वटा घटना घटेको छ । शनिवार १ गते खाँडादेवी मन्दिर दर्शन गरेर फर्कने क्रममा गाउँपालिकाको वडा नम्बर ३ मा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । त्यस्तै गरी मन्थली नगरपालिका–१३...