रामेछाप जेसिजको स्वागत एबं सम्मान

Written by meropradesh creator

१ बैशाख २०७८, बुधबार

रामेछाप । रामेछाप जेसिजले नव निर्वाचित पत्रकारहरुलाई स्वागत एबं सम्मान गरेको छ । रामेछाप जेसिजले नव निर्वाचित नेपाल पत्रकार महासंघ रामोछाप र बागमती प्रदेशका पदाधिकारी एबं सदस्यहरुलाई मंगलवार स्वागत एबं सम्मान गरेको हो ।
जेसी २०२१ का उपाध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जेसी २०२१ का अध्यक्ष जिवन कार्कीले रामेछाप जिल्ला बाट पत्रकारीता गर्ने सबै निर्वाचित पत्रकारहरुलाई जस्वागत तथा सम्मान गर्दै नयाँ बर्षको सबैमा सुभकामना समेत ब्यक्त गरे । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले नेपाल जेसिज क्षेत्र “ग” सम्मेलन २०२१ रामेछापमा सम्पन्न हुने समेत जानकारी दिए । उक्त सम्मेलनमा नेपाल जेसिज क्षेत्र “ग” अन्तएगतका देश भरका जेसिहरु रामेछापमा सहभागी हुने समेत जानकारी दिए ।
जेसिज २०२१ का सहसचिब समेत रहेका ज्ञानु श्रेष्ठलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्यमा निर्वाचित भएको भन्दै रामेछाप जेसीजले सम्मान पत्र द्वारा सम्मान समेत गरेको छ । वागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्री नयाँँघरे र नेपाल प्रेस युनियनका अध्यक्ष अप्रिल अधिकारीलाई मायाको चिनो समेत प्रदान गरेको छ । सो अवसरमा नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिका कोषाध्यक्ष रमेश ढुंगेल, जिल्ला अध्यक्ष बद्री नयाँघरे, राष्ट्रिय परिषद सदस्य टिका प्रसाद भट्ट ,जेसिज रामेछापका कार्यक्रम संयोजक कुमार श्रेष्ठ लगाएते आ आफनो धारणा समेत राखेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...