कांग्रेस नेता द्वारा बिद्यालय र विद्यार्थीलाई सहयोग

Written by meropradesh creator

३० चैत्र २०७७, सोमबार

रामेछाप । नेपाली कांग्रेसका नेता द्वय भरत चौलागाई र पुर्ण बहादुर तमाङ(कान्छाराम)ले बिद्यालय र बिद्यार्थीलाई सहयोग गरेको छन । गोकुलगंगा गाउँपालिका–४ बेतालीमा रहेको ८ वटा बिद्यालयका ११ सय ९५ जना बिद्यार्थीलाई ट्याक सुट र जनजागृत उच्च माध्यमीक विद्यालय लाई १४ थान सि.सि क्यामेरा कांग्रेस नेता चौलागाईले सहयोग गरेका छन् भने ७ वटा बिद्यालयलाई २५ हजारका दरले र जनजागृत उच्च माध्यमीक विद्यालयलाई ५१ हजार नगद कांग्रेस नेता तमाङले सहयोग गरेका छन ।


नेपाली कांग्रेसका नेता तथा पुर्व पार्टी सभापती रामचन्द्र खड्काले उक्त कार्यक्रममा बोल्दै शैक्षिक क्षेत्रको सुधार बिना देशको बिकाश नहुने भन्दै नेता द्वय चौलागाई र तमाङलाई धन्यवात दिएका छन । पुर्व पार्टी सभापती समेत रहेका खड्काले नेकपाको सरकार सडक भत्काउन र कमिसनको खेलमा मात्र लागेको आरोप लगाउदै शिक्षामा सुधार नगरे सम्म देशले गतीलिन नसक्ने धारण ब्यक्त गरे । कांग्रेस सरकारमा रहदा जहिले पनी शिक्षालाई पहिलो प्राथमीक्तामा राखेर काम गरेको समेत उनले बताए ।
आफुले सहयोग गरेको सानो रकमले बिद्यार्थीहरुलाई खेल समाग्री लगाएत शैक्षिक सुधार गर्न विद्यालयलाई सहयोग पुग्ने भन्दै आफुले सकेको सहयोग सधै गर्न तयार रहेको नेपाली कांग्रेसका नेता कान्छाराम तमाङले बताए । त्यस्तै गरी आफुले बिद्यालयमा अध्यन गर्ने समयमा धेरै समस्या गरेर अध्यन गरेको भन्दै शैक्षिक क्षेत्रको बिकासमा सकेको सहयोग गर्न आफु तयार रहेको कांग्रेस नेता चौलागाईले बताए । जसले बिद्यार्थीलाई अनुशासीत बनाउनका साथै अध्यनमा समेत होसला मील्ने उनको भनाई छ । सोही कार्यक्रममा बिद्यार्थीहरुलाई भोलीका दिनमा सहयोगको भावना जाग्ने कांग्रेस नेत्री बिनिता खड्काले बताइन । कार्यक्रममा शिक्षक अभिभावक र बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

नेता चैलागाईले २५ हजार भन्दा बढी बिद्यार्थीहरुलाई ट्याक सुट र कपी कलम र झण्डै एक दर्जन बिद्यालयलाई सिसि क्यामेरा यस भन्दा पहिला बितरण गरी सकेका छन भने नेता तमाङले जिल्लामा स्वास्थ्य क्षेत्रको सुधारका लागी ९ वटा एमबुलेन्स बितरण गर्नका साथै बिरामीहरुको उपचार समेत यस भन्दा पहिला गरी सकेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...