नवनिर्बाचित पदाधिकारी लाई स्वागत

Written by meropradesh creator

२९ चैत्र २०७७, आईतवार

रामेछाप । रामेछाप नगरपालिकाले नेपाल पत्रकार महासंघका नब निर्वाचित पदाधिकारीहरुलाईे स्वागत गर्नका साथै सम्मान गरेको छ । नगरपालिकाले आईतबार पालीकाको हलमा औपचारीक कार्यक्रमको आयोजना गरि महासंघका नब निर्वाचित पदाधिकारीहरुलाई नगरपालिकामा स्वागत सहित शुभकामना प्रदान गरेको हो ।
नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा भएको स्वागत तथा बधाई कार्यक्रममा नव निर्वाचित पत्रकारहरुलाई कलम ,डायरी ,फुलमाला र खादा लगाएर स्वागत गरिएको थियो । निर्वाचित पदाधिकारीहरुलाई नगरप्रमुख नर बहादर थापा, उप प्रमुख सृजना खड्का र प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले कार्यालय परिसरमा संयुक्त रुपमा स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा वोल्दै नगरप्रमुख नर बहादुर थापा मगरले जिल्लामा पहिलो पटक लोकतान्त्रीक पद्धति बाट चुनिएका नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई पालिकामा स्वागत गर्न पाउँदा आफुलाई खुसि लागेको बताए । उनले भर्खरै सम्मपन्न निर्वाचन बाट चुनिएको नयाँ नेतृत्वले मुलुक र जिल्लाको समग्र विकासको लागि ईमान्दारीता पुर्वक काम गर्नु पर्ने भन्दै त्यसका लागि नगरपालिकाले समेत सहकार्य गर्न चाहेको बताए । निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिंदै रामेछाप नगरपालिकाकी उप प्रमुख सृजना खड्काले नेपाल पत्रकार महासंघ जिल्ला शाखाको नव निर्वाचित पदाधिकारीहरुलाई कार्यालयमा स्वागत गरेर आफुहरुले संचारकर्मिहरु लाई नगरको विकास संग जोड्न चाहेका बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचद्र लमागादेले नव निर्वाचत पदाधिकारीहरुलाई स्वागत गरेका थिए ।


स्वागत कार्यक्रममा नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष बद्री नयाँघरे र राष्ट्रिय सभा सदस्य तथा तथा पुर्व जिल्ला अध्यक्ष टीका प्रसाद भट्टले नगरपालीकाले नब निर्वाचित पदाधिकारीहरुलाई गरेको स्वागतले जिल्लमा असल संस्कारको शुरुवात भएको बताए । यो संगै पत्रकारीतालाई स्थानिय सरकारको विकास र ब्यवसायीक पत्रकारीता संग जोडिन सके मात्र स्वागत तथा शुभकामना कार्यक्रमले सार्थकता पाउने बताए । कार्यक्रममा नवनिर्बाचित बागमति प्रदेशका कोषाध्यक्ष रमेश ढुंगेल,बागमति प्रदेश सदस्य ज्ञानु श्रेष्ठ लगाएतका निर्वाचित पदाधिकारीहरु, रामेछाप नगरपालिकाका प्रशासकिय तथा अनुगमन अधिकृत होम बहादुर थापा र अन्य शाखाका पदाधिकारीहरुको समेत उपस्थीति रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...