वडा सदस्य र विद्यालयका अध्यक्षको मिलेमतोमा विद्यालयको रकम झ्वाम्म

Written by meropradesh creator

२८ चैत्र २०७७, शनिबार

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं–७ भटौंलीमा रहेको कालिकादेवी आधारभूत बिद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र वडा सदस्यको मिलेमतोमा किर्ते विल भर्पाई बनाई बिद्यालयको पैसा झ्वाम्म पारेको भन्दै उनीहरु बिरुद्ध स्थानिय अभिभाबकहरु समेतले अख्तियारमा उजुरी दिएका छन् ।
विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रकाश बुढाथोकी र मन्थली नगरपालिका वडा नं–७ का वडा सदस्य खड्कबहादुर बुढाथोकीले किर्ते विल भर्पाई बनाई बिद्यालयको पैसा अपचलन गरेको भन्दै उनीहरु बिरुद्ध स्थानिय अभिभावकहरु र विद्यालय प्रशासन मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रकाश बुढाथोकी र मन्थली नगरपालिका वडा नं ७ का वडा सदस्य खड्क बहादुर बुढाथोकीले किर्ते विल भर्पाई बनाई ८७ लाख पचास हजार रकम अपचलन गरेको आरोप स्थानिय अभिभाबक खिरलाल तामाङ्गले जानकारी दिए ।
उनले भने– वडा सदस्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा बिद्यालय भवन निर्माणको क्रममा ६७ लाख पचास हजार वरावरको किर्ते विल बनाई फरफारक गराई भुक्तानी लिएका छन् । विद्यालय भवन निमार्ण गर्ने क्रममा लगाइएका कामदारहरुले समेत हालसम्म काम गरेको ज्याला समेत नपाएको अभिभावक तामाङ्गले बताए ।
त्यस्तै गरी सौचालय र खानेपानी ट्याङ्की निर्माणमा विनियोजित २० लाख रकम उपभोक्ता समिति नै गठन नगरि बिद्यालय व्इस्थापन समितिका अध्यक्ष बुढाथोकी र वडा सदस्य खड्क बुढाथोकीले एकलौटी काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन् ।
बिद्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य वैंक मन्थलीमा खोलिएको खाता नं १६८००००५२४०१ मा जम्मा भएको रकम समेत अपारदर्शि तवरले झिकी अध्यक्ष प्रकाश बुढाथोकीले ब्यक्तीगत मुनाफा गर्नका लागी मिनि ट्रक गाडी खरीद गरी कुखुरा फर्म र पसल सञ्चालन गरेको समेत उजुरीमा उल्लेख गरेको छ । त्यस्तै गरी मन्थली नगरपालिकाबाट विनियोजित रकमको समान खरीद नगरी किर्ते विल भर्पाई पेश गरी भुक्तानी लिएको आरोप समेत लगाएका छन् ।
विद्यालयको नाममा रहेको ३१ रोपनी जग्गामा रहेको साल र सल्लो गरी अन्दाजी ९ हजार ५ सय क्युफिट काठ मनोमानी काटी बिक्रीबितरण गरेर उक्त रकम समेत उनीहरुले अनियमितता गरेको साथै मन्थली नगरपालिकाबाट विनियोजीत २ लाख रुपैया बाट ल्यापटप खरीद वाईफाई जडान र बुक कर्नरको लागी भनी दिएको रकमले उनीहरुले कुनै पनि सामाग्री नै खरिद नगरी उक्त रकमको सामाग्री खरिद गरेको भन्दै किर्ते विल भपाई बनाएर नगरपालिकावाट फरफारक समेत गरेका छन् । विद्यालयमा अहिलेसम्म कुनै पनि सामाग्री भने खरिद गरेका छैनन् ।
विद्यालयको रकम विद्यालयकै व्यवस्थापन समितिका अध्यक्ष र वडा सदस्यको मिलोमतोमा भ्रष्टाचार गरेको भन्दै स्थानिय अभिभावकहरुले उनीहरु विरुद्ध राष्ट्रिय सर्तकता केन्द्र, मन्थली नगरपालिका, जिल्ला समन्व समिति रामेछाप र नेपाल पत्रकार महासंघमा समेत वोद्यार्थ दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...