१४ बुँदे प्रतिबद्धता पत्र सहित श्रेष्ठको उम्मेद्वारी घोषणा

Written by meropradesh creator

२० चैत्र २०७७, शुक्रबार

रामेछाप । रामेछापमा स्वतन्त्र आसन्न पत्रकार महासंघको निर्वाचनका लागी पत्रकार सुमित श्रेष्ठले अध्यक्ष पदकोलागी उम्मेद्वारी घोषणा गरेको छ । पत्रकार श्रेष्ठले आफ्नो १४ बुँदे प्रतिबद्धता पत्र सहित अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
श्रेष्ठले राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्ने जिल्लाभित्रका स्थानीय सरकार तथा सरकारी कार्यालयहरूको सार्वजनिक विज्ञापन, बोलपत्र, ठेक्का सूचना लगायतका सामग्रीहरू जिल्लाबाट राष्ट्रिय छापा मिडियामा कार्यरत संवाददाताहरू मार्फत उपलब्ध गराउने, खोजमूलक समाचार लेखन कार्यलाई प्रोत्साहन गर्नका लागि मासिक रू. ५,०००÷– राशीको ‘ पुरस्कार’ प्रदान गरिने जस्ता १४ बुँदे प्रतिबद्धता पत्र सहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले यस अघि ब्यक्तिगत रुपमा ‘उत्कृष्ट आदिवासी जनाजाति पत्रकारिता वर्ष पुरस्कार’को लागि ५० हजार रुपैयाँको अक्षय कोष समेत स्थापना गरिदिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...