बाँदरले रामेछापका किसान आतङ्कित

Written by meropradesh creator

१८ चैत्र २०७७, बुधबार

रामेछाप । किसानहरुले वारी तथा खेतमा लगाएको अन्नपात र घरमा राखीएको अन्नहरु समेत घरभित्रै पसेर खान थालेपछि बादर प्रति किसानहरु आतङ्कित भएका छन् ।
घर भित्र पकाएर राखेको भातको भाडा समेत बाँदरले बोकेर हिड्न थालेपछि रामेछापमा बादर आतङ्क मच्चिएको हो । पटक–पटक बाँदरले किसानहरुले लगाएको अन्न वाली खाएर हैरान बनाएपछि किसानहरुले जिल्ला प्रसासन कार्यालय रामेछापमा बादर नियन्त्रणका लागि पहल गरिदिनि लिखीत रुपमा अनुरोध समेत गरेका थिए ।
किसानहरुको अनुरोधलाई स्थानिय प्रसासनले अल्पकालीन र दिर्घकालीन दुई प्रकारवाट समस्याको समाधानको निकास निकाल्ने भनेको लामो समय बितिसक्दा पनि अहिलेसम्म कुनै निकासको सम्वोधन नगरेपछि कृषकहरु झन समस्यामा परेको मन्थली नगरपालीका वडा नं–८ की शान्ती खत्रीले बताइन ।
उनले भनीन्– हाम्रो त खेत तथा बारीमा अन्न छरेदेखी घरमा नभित्राउन्जेलसम्म खेतमा नै रुघेर वस्नु पर्ने हुन्छ । मान्छे सँगै कुकुर लिएर खेतको कान्लामा वस्दा समेत बाँदर आउन छोड्दैन । यसरी लगाएको अन्नवाली रुघ्न वालवालीकालाई राख्यो भने वादरले पिट्ने सम्मको काम गर्छ जसले गर्दा घरको काम छोडेर वादर धपाउन घरको ठुलै मानीस वारीमा दिनभर वस्नु पर्छ यसरी दैनिक रुपमा दिएको वादरको ज्यादती कतीदिन सहनु उनले दुःखेसो पोख्दै बताइन ।
बादरले जिल्लाको विशेष गरी मन्थली नगरपालीकाको सालु, चिसापानी, पुरानागाउँ, सुनारपानी, कठजोर लगाएतका स्थानहरुमा दुःख दिने गरेको छ । त्यसैगरी फुलासी, गेलु, चनखुका किसानहरुलाई समेत बादरले हैरानी दिने गरेका छन् । गाउँमा एक हजार भन्दा ठुलो समुहमा आएका बादरले खेतबारी लगाइएको अन्न मात्र होइन, घर भित्र पकाएर राखेको भातको भाँडा समेत बोकेर हिड्ने गरेपछि ती गाउँका सर्वसाधारणहरु बादरको नियन्त्रण कसरी गर्ने भन्ने योजनामा लागेका छन् ।
गाउँका किसानहरुले लगाएको अन्न वाली र घरमा भित्रयाइएको वाली नाली समेत खाएर वादरले किसानहरुलाई आतंङ्कीत पार्न लागेपछि त्यसको नियन्त्रणको लागि किसानको माग अनुसार मन्थली नगरपालिकाका केही वडाहरुले वजेट समेट छुट्याइदै आएको छ । वादर नियन्त्रणको लागि पैसा छुट्याएर रुघालु राख्दा समेत वादर नियन्त्रण गर्न नसकिएको मन्थली नगरपालिका वडा–८ का भुवनकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने– गाउँमा सधै बाँदरले किसानहरुले लगाएको अन्नवाली खाएर नष्ट पारेपछि सबै नागरिकको मागको आधारमा बिगत वर्षहरुमा पनि दिएको रकमवाट किसानहरुले धराप वनाएर वादर आउने ठाउँमा राख्ने, तीर वाण वनाएर वादरलाई हान्ने गर्दा समेत वादरले दुःख दिन छोडेको छैन् । किसानहरु अव बादर नियन्त्रणको लागि के गर्न सकिन्छ भन्ने चिन्ताले उनीहरुमा निरासा छाएको श्रेष्ठले बताए ।
यसरी दैनिक रुपमा वादरले दुःख दिन थालेपछि किसानहरुले वारीमा लगाउने मकै समेत कतीपय किसानहरुले लगाउन छाडेका छन् । गाउँमा मुल फुट्ने गरी पानी नपर्ने समस्यावाट ग्रसित गाउँका सर्वसाधारण नागरीकहरु समयमा आफ्नो भएको पाखो रेखो वारी तथा खेतमा समयमा अन्न लगाउन पाएका छैनन् भने अर्को तर्फ लगाएको अन्नवाली समेत वादरले खाइदिए पछि झनै समस्यामा परेका छन् ।
गाउँमा वेरोजगारीको संख्या वढे सगै रोजगारीको लागि विदेशीनेहरुको संख्या एकाएक वढेपछि रामेछापका अधिकासं गाउँमा युवा पुस्ताको पलायन हुने क्रम वढ्दो छ । जसका कारण गाउँमा बृद्धबृद्धाहरु मात्रै घरमा छन् उनीहरुको खेत वाझै रहेको छ । अब पाखो वारी रुघेर वस्नुभन्दा बाँदरकै कारण वस्ती नै छाडेर हिड्नु पर्ने वाध्यता आउन थालेको चिसापानीका अर्का पिडीत किसान हेमवहादुर खत्रीले बताए ।
उनले भने– एक दिनको कामदारले दैनीक ५ सय भन्दा माथी ज्याला खोज्छ । वारीमा लगाएको अन्न वाली रुघ्ने मान्छेलाई ज्याला दिदा लगाएको वाली कती उव्जनी हुन्छ र वादर रुघ्ने मान्छेलाई पैसा दिनु । घरमा भएका बृद्धबृद्धाहरु वारीमा गएर दिनभर वस्न सक्ने अवस्था पनि हुदैन जसका कारण जसको घरमा युवा युवतीहरु छैनन् त्यो घरका किसानहरुले अव वारी तथा खेतमा अन्नपात लगाएर खान सक्ने अवस्था नभएको पनि कृषक खत्रीले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...