आगामी तीन दिनसम्म नै वायुुमण्डल स्थिर रहने

Written by meropradesh creator

१७ चैत्र २०७७, मंगलवार

रामेछाप । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म वायुमण्डल स्थिर रहने र अहिले देखिएको घातक तुवालो लागेको विषम मौसमी अवस्था देखिएकाले तत्काल सुधार हुने अवस्था नदेखिएको जनाएको छ ।
मनसुनपूर्वको सोमवारसम्म पनि ज्यादै न्यून वर्षाभई वायुमण्डल सुक्खा भएकाले देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भएता पनि चैत्र १३ गतेदेखी देशका अधिकासं स्थानमा असामान्य तरिकाले तुवालो लागेको र यो तत्काल हटने अवस्था नदेखिएको मौसम विभागले जनाएको छ ।
केही दिनदेखी मुलुकका अधिकासं स्थानहरुमा वायुमण्डल स्थिर अवस्थामा रहेकाले प्रदुषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएर बसेका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो । त्यसैगरी देशका धेरैजसो जिल्लाका सामुदायिक वन र निजी खरपाखामा लागेको डढेलोवाट निस्किएको धुवाँका कणहरु वायुमण्डलमा मिसिन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीले सोमवार निकालेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अधिकासं जिल्लाहरुमा तुवाँलोको मात्रा अत्याधिक रहेकाले वायुमण्डलको पारदर्शितामा उल्लेखनीय रुपले न्यून गुन गई जनजीवन असामान्य हुन गएको हो । केहीदिन देखी लागेको तुवाँलोका कारण आँखा पोल्ने, श्वास फेर्न असजिलो हुने जस्ता समस्याले गर्दा स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले यसवाट वच्न अनावश्यक रुपमा घर वाहिर ननिस्कन यदी घरवाहिर निस्कनु परेको खण्डमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न विभागले सवैमा अनुरोध समेत गरेको छ ।
जल तथा मौसम विभागले अहिलेको मौसम आगामी तीनदिनसम्म थोरै चलायमान हुने देखिता नि तुवाँलोको अवस्थामा कस्तो हुने भन्ने अवस्था अहिले देशभर लागिरहेको डढेलोको अवस्थामा निर्भर रहने जनाएको छ । नेपालमा यसवर्ष पोष्ट–मनसुन सरदर भन्दा धेरै कम वर्षा भएको र हिउँदको समयमा पनि वर्षा कम भएको तथ्याङ्क विभागमा रहेको छ । मनसुनपूर्वको अहिलेसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेकाले जलवायु प्रारुपहरुले मार्च, अप्रिल र मे महिनामा नेपालमा औसत तापक्रम सरदरभन्दा बढी हुनसक्ने सम्भावना ६० देखी ८० प्रतिशत रहेको र सरदर भन्दा कम वर्षा हुने सम्भावना ४० देखी ६० प्रतिशत हुुने देखिएको विभागले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसैगरी विभागले यस अवधिमा खानेपानीको अभाव, आगलागी तथा डढेलो जस्ता समस्याहरु हुनसक्ने भन्दै यस विषयमा समेत सबै पक्षको ध्यानकर्षण यसअघि नै गराइसकेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...