घाँटीमा मासु अड्केर वडाअध्यक्षको ज्यान गयो

समाज स्वास्थ्य
  • 87
    Shares

रामेछाप । कञ्चनपुर भिमदत्त नगरपापलिका वडा नं–५ का वडाअध्यक्ष मदन चन्दको घाँटीमा मासु अड्किदा उनको महाकाली अस्पतालमा उचपारको क्रममा ज्यान गएको छ ।

वडा अध्यक्ष चन्द सहीत अन्य ८ जना कर्मचारीहरु बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज खान गएका अध्यक्ष चन्द मासु खाने क्रममा हड्डी घाटीमा अड्कीएपछि उनलाई तत्काल उपचारको लागि महाकाली अस्पताल लगिएको थियो । घाटीमा हड्डी अड्किएर अस्पताल पुर्याएका वडा अध्यक्षको उपचारको क्रममा शुक्रवार राती ज्यान गएको हो ।

साथीहरुसँग वनभोज खान गएका वडा अध्यक्ष चन्दको मासु घाटीमा अड्कीएपछि साथीहरुले तत्काल एम्वुलेन्स झिकाएर अस्पताल पुर्याएका थिए । उपचारको क्रममै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले जानकारी दिए । उनका अनुसार उनको शव परिक्षणपछि मृत्युवारे थप विस्तृत जानकारी आउने बताए ।

Facebook Comments Box

  • 87
    Shares
ad