माझी समुदायको आयआर्जनको लागी स्वीटर बनाउने तालीम

Written by meropradesh creator

१४ चैत्र २०७७, शनिबार

रामेछाप । रामेछाप नगरपालिकाले सिमान्तकृत माझी समुदायका नागरीकहरुको आयआर्जनको बृद्धी गराउने उदेश्यले स्वीटर बनाउने तालीम शुरु गरेको छ । रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा ग्रामिण विजनेश प्रमोशन प्रालिले रामेछाप नगरपालिका वडा नं ५ रामपुरको कोलोञ्जोरघाटमा तालीम शुरु गरेको हो ।
तालिमको शुक्रबार उद्घाटन गर्दै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापामगरले माझी जातीको धेरै बसोबास रहेको रामपुरको कोलोञ्जोरघाटका माझीहरुको आयआर्जनमा सहयोग पुग्ने गरी स्वीटर बनाउने (मेसिन होजियारी) र माछा पालनको लागि आवश्यक पर्ने सीप विकास तालिम संचालन भइरहेकाले दुबै तालिममा सक्रिय सहभागी भएर आफ्नो सीप बढाउन आग्रह गरेका छन् ।
प्रमुख थापामगरले रामेछाप नगरपालिकामा रहेका सिमान्तकृत माझी जाति, लोपउन्मुख हायु जाति र पिछाडी पारिएका विभिन्न समुदायको लागि नगरपालिकाले सीप सिकाउने देखि व्यवसाय मार्फत आयआर्जनको लागि समेत सहयोग गर्दै आएकाले त्यसले पनि व्यवसाय गर्न इच्छा हुने नागरिकहरुलाई सहयोग पुग्ने बताए ।
रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वडाध्यक्ष भिम बहादुर तामाङले स्वीटर बनाउने (मेसिन होजियारी) तालिम सिकेर गाउँमै स्वीटर उत्पादन गर्न सके त्यस्ता सामग्री वडा कार्यालयले बजार सम्म लैजन सहयोग गर्ने बताए ।
उक्त कार्यक्रममा रामेछाप नगरपालिकाको उद्योग शाखाका प्रमुख हरीभगत श्रेष्ठ,ग्रामिण विजनेश प्रमोशन प्रालिका कार्यक्रम संयोजक युवराज सुवेदी, उद्यम विकास सहजकर्ता मनिसा सुवेदी,पत्रकार लगायतको उपस्थिती रहेको थियो । रामेछाप नगरपालिकाले यस वर्ष गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम मार्फत वडा नं ७ को विर्तामा ४२ जना र वडा नं ५ कोलोञ्जोर घाटमा ३८ जना नयाँ उद्यमी उत्पादन गर्ने गरि दुई वडा छनौट गरेर काम गरीरहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...