कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको राप्रपा– कमल थापा

Written by meropradesh creator

७ चैत्र २०७७, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसको अदुरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भिर अवस्थामा पु¥याइएको दावी गरेका छन् । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले कम्युनिष्ट र कांग्रेसको अदुरदर्शीताका कारण देश गम्भिर अवस्थामा पु¥याइएको भन्दै अब कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको एक मात्र पार्टी राप्रपा भएको बताएका छन् । अध्यक्ष थापाले कलकारखानाहरु खोल्नेतर्फ राज्यले दिर्घकालिन नीति ल्याएर नेपाली श्रमिक विदेशीने अवस्थाको अन्त्य गर्नु पर्ने समेत बताएका छन् ।

 
रोजगारीको लागि नेपालमै प्रचुर सम्भावना भएको भन्दै समान्य रोजगारिको लागि अरबको खाडी र मलेसियाको जंगलमा नेपाली नागरीक जान पर्ने अवस्थाको अन्तय गर्नु पर्ने बताएका छन । थापाले तत्कालिन समयमा नाफामा चलिरहेका ठूला उद्योगहरुलाई २०४६ पछि निजिकरणका नाममा कौडीको मूल्यमा बिक्रि गरेर ठूलो भ्रष्टाचार गरी उद्योगधन्दा तहसनहस पार्दैं श्रमिकहरुलाई समेत विस्थापित बनाएको आरोप लगाएका छन् । राप्रपाले अंगिकार गरेका विचारलाई आम नेपालीको घरदैलोसम्म पु¥याएर पार्टीलाई अग्रणी शक्ति बनाउने अभियानमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।
स्थापनाको छोटो अवधिमा देशभर संगठन गरेर प्रथम महाधिवेशन गर्न सफल भएकोमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)लाई धन्यवाद दिंदै थापाले नेपाली श्रमिकहरुलाई रोजगारको लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्न टुकोनले अहम् भूमिका निर्वाह गर्नु पर्ने धारना राखेका छन् ।


पार्टीको अधिवेशनको मिति नजिकै आईसकेकोले अधिवेशनको तयारी द्रुत बनाउन सक्रिय सदस्यता वितरणलाई तोकिएकै समयमा सम्पन्न गर्न समेत थापाले सबै तहका कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
सम्बोधनकै क्रममा पूर्व प्रधानमन्त्री एवं राप्रपाका नेता लोकेन्द्र बहादुर चन्दले हिन्दुराष्ट्र र राजसंस्था नेपालको लागि अपरिहार्य भएकोले सोको पुनस्थापनाको लागि सबैदलहरुबीच छलफल चलाउनुपर्ने बताउँदै संगठित मात्र होईन असंगठित क्षेत्रका श्रमिकहरुलाई समेत समेटेर अगाडि बढ्न टुकोनलाई आग्रह गरेको छ ।
ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा राप्रपाका वरिष्ठ नेता दिपक वोहरा, पार्टी नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा, राप्रपाका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह लगायत विभिन्न ट्रेड युनियनका प्रतिनिधीहरुले अधिवेशनको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...