नारी दिवस के का लागी

विचार / ब्लग
  • 89
    Shares

सन् १९९७ , ८ मार्च देखि अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय सर्वमान्यभएदेखि यस दिनले आजसम्म निरन्तरता पाइरहेको छ । नारी दिवस कुनै खुशियालिको उत्सव नभएर सदियौँ देखि जाति, वर्ग, समाजको धर्म, सस्ंकार , नारी माथिहुदै आएको विभिन्न खालको अन्याय, अत्याचार, शोषण, दमन, हिसां जस्ता लैगिंक विभेद र अमानविय व्यवहार विरुद्धको आवाज हो । महिला सशक्तिकरण को अभियानलाई विश्वव्यापी रुपमा बुलन्ध पार्दै, महान् सकंल्प र अठोटको साथ जारी राखिने यात्राहो । नतिजा स्परुप दिनानु दिन लैंगिक, सामाजिक , शैक्षिक, राजनितिक, सास्ंकृतिक, आर्थिक जस्ता विविध क्षेत्रहरुमा भएको शोषण, दमन र विभेदमा विश्वव्यापी रुपमा उल्लेखनीय परिवर्तन भईरहेको देख्न सकिन्छ ।
बर्सेनी नारी दिवस मनाउनुको औचित्य महिलाको हक , अधिकार र सम्मानको मात्र नभएर एउटा घरमा, समाजमा वा राष्ट्रमा मात्र नभएर पुरा विश्वलाई नै तुलना गरौत नारी बिनाको संसार कति निरस र सार्थक होला ?आधा आकाश, अर्ध नारीस्वर, दुर्गामाता, नारी शक्ति आदि जति पनि सम्मान सुचक शब्द प्रयोग मा छन् परापुर्व कालदेखि आजसम्म पनि तिनले त्यतिकै महत्व राख्ने गरेका छन् । त्यसैले नारि दिवसको अभियान र उत्सव कुनै नारीवर्ग विशेष प्रति मात्र लक्षित नभएर प्रगति पथको एउटा अभियान हो ।
घरमा छोरा र छोरी भनेर गरिने भेद भाव कमहुदैँ आएको छ । सबैलाई शिक्षा भन्ने नारा सहित छोरीहरु शिक्षित हुदै जाने परम्पराको विकास भएको छ । महिलाले आफुलाई महिलाकै अस्तित्वमा राख्नुपर्छ । महिलाले किन पुरुष जस्तो हुनुपर्छ र ? महिला र पुरुषको आफ्नै आकर्षण र अस्तित्वले त यो संसार सुन्दर अनि आकर्षक भएको छ । त्यसो त हाम्रो समाजमा महिला भएको कारणले हुने भेद भावपुर्ण रुपमा हटिसकेको छैन र पनि धेरै सुधार आएको छ । परिस्थितिलाई दोष दिएर भन्दापनि कसरी आफ्नो अनुकुल बनाउने , कुनमार्ग अपनाउने अनिकुन सोच राखेर के उद्देश्य का लागि कर्म गर्ने त्यसको योजना बनाएर चल्नु बुद्धिमानी हुन्छ । गुनासो , चिन्ता , आलस्य , अभाव , अन्याय , अज्ञानता तथा तनाव लिएर कसरी प्रगति हुनसक्छ ? त्यसैले अगाडीको बाटो हेर्दै प्रगतिमै ध्यानदिने र सोचलाई सकारात्मक बनाउने प्रयास गर्नुपर्छ । सकारात्मक सोच नै महिलाको प्रगतिको आधार हो ।
हाम्रा कर्महरु र कर्मका फलहरु हाम्रै सोचका परिणाम हुन् । महिलाले सधै आफु अपहेलित भएको, पछाडि पारिएको , अवसर नदिएको जस्ता नकारात्मक कुराको रट लगाइरहनु भन्दा हिजोको अवस्थाबाट आजको अवस्था सम्म आइपुग्दा भएका सकारात्मक परिवर्तनलाई हेर्नुपर्छ । आजशिक्षा , स्वास्थ्यतथा सबै क्षेत्रको सहभागिता हेर्दा कसैले आरक्षण नदिए पनि आफैमा सशक्त र सक्षमताका साथ उत्तरदायित्व निर्वाह गर्न सक्ने संख्यामा निरन्तरता बढ्दो छ ।
हामी नारीहरु शारिरीक ,मानसिक , बौद्धिक एवम् आध्यात्मिक रुपमा सशक्त हुनुपर्छ । किनभने हामी नारीहरु जब सम्म शारिरीरक रुपमा स्वस्थ र मस्त अनि ब्यस्त हुदैनौ , मानसिक रुपमा शान्त र प्रशन्न हुदैनौ अनि बौद्धिक रुपमा के सहि र के गलत छुट्याउन सक्दैनौ र आध्यात्मिक रुपले आफ्नो स्वभाव पहिचान गरि आफ्नो गुण र धर्ममा रहने खुबि राख्दैनौ तबसम्म समानता र अधिकारले कुनै अर्थ राख्दैन । हामी नारीहरुले सामाजिक रुपमा सशक्त भएर उभिनु भन्दा अगाडि व्यक्तिगत रुपमा सशक्त हुनुपर्छ । किनकी जब महिलाहरु व्यक्तिगत रुपमा आफैमा सशक्त हुन्छन् तब मात्र उनिहरुका सन्तान सहित परिवारले पनि सहि मार्ग पाउछन् । आफु शिक्षित , स्वस्थ , मस्त , व्यस्त , आनन्दित र प्रेमपुर्ण रहनु पहिलो प्राथमिकताहो । राजनितिक एवम् सामाजिक सहभागिता घर, परिवार र आनन्द पछिको दोस्रो प्राथमिकता हो । जसरी पहिलो खुड्किलो नचढि दोस्रो चढ्न खोज्दा लड्ने सम्भावना हुन्छ त्यसैगरि पहिलो सशक्तिकरणमा उत्तिर्ण नभई दोस्रोमा जादाँ लड्ने सम्भावना रहन्छ ।
आत्म विश्वास ,आत्मनिर्भर , शिल , सहनशिलता जस्ता गुण महिला सशक्तिकरणका आधार हुन् । यी आयामबाट महिलाको प्रगतिका लागि घर, समाजको सहयोग आवश्यक हुन्छ भने स्वयम् महिलाले पनि आफुलाई अघि बढाउनु पर्छ ।
नारि दिवस मनाउँदैमा वाविभिन्न प्रतिबद्धता जनाउदैमा मानिसको सोचमा परिवर्तन आउदैन । मानिसको स्वभाव र परम्परा जादुझैँ तुरुन्तै परिवर्तन हुदैनन् । त्यसका लागि प्रेम पुर्ण घर एवम् समाज निमार्ण गर्नु पहिलो आधार शिला हो किन भने प्रेममा कुनै विभेद हुदैन । प्रेम जगाउन सबैतिर होस पुर्ण, साक्षि भावपुर्ण वातावरण र जागृत मनस्थिति को आवश्यकपर्छ । मनस्थिति अनुरुप कै परिस्थिति सिर्जना हुने हो । ओशोको एउटा आनन्द दायी भनाइ छ “ जिवन नै प्रेम हो भन्ने जान्नेले विभेदको स्वभाव अपनाउन सक्दैन । जीवनको हरेक आयामलाई प्रेमपुर्ण र होशपुर्ण हेर्न जान्नेले जीवन विभेदमा होइन प्रेमपुर्ण भएर जीउन सक्छ । जीवनका सम्पुर्ण आयामहरु मा होश , जागरुकता र सजगता कायम राख्न सक्ने हो भने महिला र पुरुष भन्ने भिन्नता नै आउदैन । घर, समाज, राष्ट्र र विश्व नै प्रेमपुर्ण हुन सकेको भएविभेद भन्ने कुराको अस्तित्व नै हुने थिएन ।”
हामी नारीलाई अस्तित्वले दिएको स्वभाव र अधिकार कसैले खोसेर खोसिदैन । पे्रम, करुणा , सम्मान , ध्यान , परोपकार, समाजसेवा जस्ता अमुल्य काममा महिलाले हक, अधिकार खोजि हिड्नु पर्दैन । यी गुण हामीहरुलाई पहिलेदेखि नै हाम्रो नारी अस्तित्वले प्रदान गरेको छ । अब कुरा आउँछ सम्पत्तिको हक, राजनितीको हक , शिक्षामा हक, स्वतन्त्रताको हक । यी कुरामा पित्तृ सत्तात्मक परिपाटिका कारण नारीहरुलाई पछाडी पारिएकै छ । तर बिस्तारै यि कुरामा पनि धेरै प्रगति भएको देख्न पाइन्छ । महिला र पुरुषबीच समानता कायम गर्न नीतिगत प्रयास हुदै गर्दा पनि पितृ सत्तात्मक सोच कायमै रहनु चुनौतीपुर्ण हो । महिलाहरुको जीवनस्तर मा सारभुत परिवर्तन नभएसम्म समृद्ध नेपाल सुखि नेपाली को राष्ट्रिय सकंल्प साकार हुन सक्दैन । धार्मिक ग्रन्थमा लेखिएकी व्याख्या गरिएकी नारीको अवस्था र व्यवहारमा देखिने नारीको अवस्थाका बीच विद्यमान रहेको खाडल पुर्न सक्नुपर्छ । हाम्रो समाजमा बोक्सीको नाममा हुने ज्यादती, दाइजो प्रथा, छाउपडि जस्ता कुरितीका साथै यौन दुव्र्यवहार र हिंसाका घटनाले गर्दा नारीलाई सम्मान गर्नुपर्ने मौलिक सभ्यतामाथि चुनौती दिएको छ ।
विवेकशिल र जागरुक नारीहरुको दरिलो पाइलाको झड्काको कारण राज्यलाई लैगिंक समानता र महिलाहरुको हक अधिकारको विषयमा प्रत्येक क्षण झस्काई रहेको छ । तथापि, जरा झैँ गाडिएर रहेका कतिपय कुरिती , ग्रामिण परिवेश , अशिक्षा , परनिर्भरता , अपाङ्गता प्रतिको नकारात्मक सोच , सामाजिक धार्मिक र सास्ंकृतिक अन्धविश्वासले गर्दा महिलामाथि बर्बर हिंसा भइरहेका घटनाहरु दिनप्रतिदिन देखिन्छन् जसको दिर्घकालिन समाधान खोज्नु विभिन्न सरकारी, गैर सरकारी सस्ंथाको साथै हामी नारीहरु अनि स्वंयम् राज्य आफैको जिम्मेवारी हो ।

Facebook Comments Box

  • 89
    Shares
ad