भबन छैन ४३ करोडमा भवन सम्पन्न भएको प्रमाण

Written by meropradesh creator

६ चैत्र २०७७, शुक्रबार

रामेछाप । भ्याली कन्स्ट्रक्सन प्रालीले बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिको लेटरप्याड कीर्ते गरी निर्माण कार्य नै नभएको अस्पतालको भवन निर्माण सम्पन्न भएको भनेर कैफियत गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बताएको छ । निर्माण व्यवसायीले निर्माण नै नभएको बहुतल्ले अस्पतालको भवन निर्माण सम्पन्न भएको भनेर कागजात तयार पारेको फेला परेको छ ।
ब्युरोका प्रमुख सहकुल बहादुर थापाका अनुसार निर्माण कम्पिनीका सञ्चालक ललितपुरका रविन्द्र महर्जनले कीर्ते कागजात तयार पारी रौतहटको चपुरस्थित निर्माण कार्य नै नभएको बहुतल्ले अस्पताल भवन, विसं २०७१ भदौ २४ मा निर्माण सुरु गरी रु ४३ करोड ३७ लाख ५५ हजारमा सम्पन्न भएको प्रमाणित गरिन्छ भनेर उल्लेख गरेको देखिएको बताए ।” थापाका अनुसार महर्जनले ठेक्का लिने तर काम नगर्ने साथै गरेको ठाउँमा समेत कीर्ते कागजात बनाउने गरेको पाइएको छ । यो त एउटा उदाहरण हो । उनले यसरी विभिन्न ३४ ठाउँमा कीर्ते कागतजात तयार पारेको फेला परेको छ । केही काम निर्माणको चरणमा रहेको र केही सम्पन्न भएका क्षेत्रमा समेत कीर्ते गरेको पाइएको ब्युरोका उपनिर्देशक गङ्गा पन्तले जानकारी दिइन् ।
उनका अनुसार उनका बारेमा धेरै अनुसन्धान गर्न बाँकी नै छ । तर उनले गरेका काममा भने कीर्ते कागजात तयार पारेको फेला परेको पन्तले बताइन् ।। उनलाई कीर्ते लिखत कसुरमा अनुसन्धान जारी छ । महर्जनले बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिको योजना अधिकृत गङ्गाकुमारी गुरुङ र शाखा अधिकृत दीर्घकुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न छ वटा पत्रसमेत कीर्ते गरेको अनुसन्धानमा खुलेको उनले जानकारी दिए ।
यस्तै विभिन्न मिति र समयमा सरकारी निकायद्वारा आह्वान गरिएका बोलपत्रमा भाग लिने क्रममा कीर्ते गरी तयार गरिएका बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिका अनुभवको प्रमाणितपत्रसमेत तयार पारेका पाइएको छ ।
उनका साथबाट विभिन्न कम्पनीका लेटरप्याड, समितिको छाप र लेटरप्याड, गुम्बा समिति र संस्थाबीचको सहमतिपत्र, समितिकोे थप रकम निकासासम्बन्धी लेखिएको चिठी, रकमसमेत उल्लेख भएको २३ थान बैंकको चेकसमेत प्रहरीले बरामद गरेको छ । भ्याली कन्स्ट्रक्सन प्रालीका संस्थापक नुच्छे महर्जनबाट उनले २०६४ सालमा उक्त कम्पनी खरीद गरी निर्माण व्यवसाय सुरु गरेका हुन् । उक्त कम्पनीले विभिन्न क्षेत्रमा स्कुलका भवन निर्माण गरेको भए पनि ठाउँठाउँमा कीर्ते लिखत फेला परेकाले ब्युरोले अनुसन्धानको दायरा फराकिलो पारेको छ । नागरिक दैनिक

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...