रामेछापको पर्यटकीय क्षेत्र सैलुङको विकासका लागी प्रतिबद्ध छु ः सांसद श्रेष्ठ

प्रदेश ३ मनोरञ्जन
  • 225
    Shares

रामेछाप । जिल्लाको मुख्य आर्कषणको रुपमा रहेको पर्यटकीय क्षेत्र सैलुङ क्षेत्रको विकास गर्न आफु लागीपरेको बताउदै शैलुङ क्षेत्रमा पर्यटन आर्कर्षणको लागी आवश्यक पुर्वाधार निर्माण गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् ।
काकलिङ मावि दोरम्बामा आयोजित प्रथम दोरम्बा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता कार्यक्रममा बोल्दै सासंद श्रेष्ठले भर्खरै मात्र संघीय सरकार प्रदेश र दोरम्बा गाउँपालिकाको समझदारीबाट गाल्वा दोरम्बा हुँदै गाउँपालिकाको केन्द्र टोकरपुरसम्म जोडने १४ किलोमिटर सडक कालो पत्रेको काम अगाडि बढेको बताएका छन् । सासंद श्रेष्ठले भने सदरमुकाम मन्थलीबाट दोरम्बा गाउँपालिका जोडने सडक पनि धमाधम कालोपत्रे भइरहेको बताउदै रामेछाप–काभ्रे जोडने चौरीखोलामा निर्माणाधिन पुक्की पुल समयमा नै सम्पन्न गराउन पहल गरिरहेको बताएका छन् । गाउँपालिकाले बनाएको रणनैतिक योजनाको लागी संघीय सरकारबाट थप बजेट ल्याउन सहयोग गर्ने बताए ।
श्रेष्ठले दोरम्बामा निर्माण भइरहेको खेल मैदानको स्तरउन्नती र विकासको लागि थप बजेटको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, उपाध्यक्ष कृशला घिसिङ, दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box

  • 225
    Shares
ad