रामेछाप ।.नेकपा एमाले खनाल–नेपाल समुहले काठमाण्डौंमा आयोजना गरेको राष्ट्रिय कार्यकता भेलामा रामेछाप बाट ५० जना भन्दा बढी नेता तथा कार्यकर्ता सहभागी भएका छन् । एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समुहको राष्ट्रिय कार्यकर्ता भेलामा रामेछाप बाट पार्टी इन्चार्ज देवशकंर पौडेल, जिल्ला अध्यक्ष शान्ति पौडेल, नेताहरु होम बुढाथोकी, ज्ञान कुमार श्रेष्ठ लगायतका ५३ जना नेताहरुको सहभागीता रहेको नेकपा रामेछापका अध्यक्ष शान्ती पौडेलले बताए ।
पार्टी ब्युँतिए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेर अगाडि बढन खोजेको आरोप लगाउदै बुधबारबाट एमालेका नेता खनाल र नेपाल समुहको राष्ट्रिय कार्यकर्ता सुरु भएको छ । फागुन २८ गते महासचिव बाहेक सबै पदाधिकारीको जिम्मेवारी खोस्ने पार्टी अध्यक्ष वलीको निर्णयसँग असन्तुष्ट रहेको खनाल–नेपाल समुहको कार्यकर्ता भेला बुधबारबाट काठमाण्डौंमा सुरु भएको छ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार कार्यकर्ता भेलामा तीन हजार भन्दा बढी सहभागी रहेका छन् ।