ट्राफिक प्रहरी द्वारा विद्यार्थीलाई ट्राफिक नियम बारे जानकारी

Written by meropradesh creator

३ चैत्र २०७७, मंगलवार

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराएको छ । ट्राफिक प्रहरीले सुरक्षित रुपमा सडकमा हिँड्न सिकाउनका साथै ट्राफिक नियम पालना नगर्दा हुन सक्ने घटनाको बारेमा जानकारी समेत दिएको छ । विद्यार्थीलाई जथाभावी सडकमा हिँड्दा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर ट्राफिक नियमको बारेमा जानकारी दिदा जिल्लामा ट्राफिक सम्बन्धी समस्या कम हुनका साथै दुर्घटनामा पनी कमी आउने आफुले विश्वास लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले बताए ।
सदरमुकाम मन्थलीका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियम र सुरक्षाका बारेमा जानकारी दिदै सडकमा सुरक्षित तरवमा हिँड्न सिकाउने अभियान सुरु गरिएको प्रमुख पाण्डेले बताए । सकडमा सवारी चाप बढेको बेलामा विद्यार्थीहरु जथाभावी रुपमा हिँड्दा दुर्घटनाको जोखिम बढ्ने सम्भावना रहेकाले यसलाई कम गर्नका लागि विद्यार्थीहरुलाई सडक छेउबाट हिँड्न सिकाउने अभियान सुरु गरिएको उनको भनाई छ ।
बजार क्षेत्रमा ट्राफिक नियमको पालना सङ्गै विद्यार्थीहरुलाई सुरक्षित तरवमा हिँड्न आग्रह गर्दै ट्राफिक प्रहरीले विभिन्न विद्यालयको हाताभित्र गएर ट्राफिक नियमको जानकारी गराउदै सुरक्षित रुपमा सडक छेउबाट हिँडिरहेका विद्यार्थीहरुको फोटो समेत प्रर्दशन गरेर बिद्यार्थीहरुलाई देखाएका थिए । दुर्घटना कम गर्न जिल्ला ट्राफिक प्रहरी रामेछापले सडकमा हिंड्दा सडक छेउबाट हिँड्ने गरौं लेखिएको चेतनामूलक बोर्डहरु पनि बिभिन्न स्थानमा राखेको छ ।
मन्थली माध्यामिक विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहालले ट्राफिक प्रहरीले विद्यार्थीलाई सडकमा सुरक्षीत रुपमा हिँड्न सिकाउने र ट्राफिक नियम सम्बन्धी सचेतना फैलाउने अभियान निकै राम्रो भएको बताएका छन् । सानो तर धेरै सवारी तथा ढुवानीका साधन गुड्ने मन्थली बजारको सडक पेटीबाट सुरक्षित र व्यवस्थित तरवले हिड्न विद्यार्थीहरुलाई सिकाउने यो अभियानले विद्यालयमा पढ्ने विद्यार्थी र उनका अभिभावकलाई थप सुरक्षित बनाएको प्रधानाध्यापक दहालको भनाई छ । दाहालले विद्यालयमा सिकाउने हरेक कुरालाई विद्यार्थीले सही मानेर सिक्ने भएकोले समय समयमा ट्राफिक नियम र सुरक्षाका बारेमा विद्यालयमै आएर जानकार गराउन ट्राफिक प्रहरी कार्यालय रामेछापलाई आग्रह गरेका छन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो, सुरक्षाकर्मी उद्धार र खोजीमा सक्रिय

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्म विभिन्न जिल्लामा बाढीका कारण मृत्यु भएका २७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८,...