गाउँगाउँमा–पुग्यो सीप सिकाउदै नगरपालिका

Written by meropradesh creator

१ चैत्र २०७७, आईतवार

रामेछाप– रामेछाप नगरपालिकाले गाउँ–गाउँमा बिभिन्न खालका सीप सिकाउने अभियान चलाएकोे छ । नागरिकको क्षमता र योग्यताको आधारमा नगरपालिकाले गाउँगाउँमा गएर बिभिन्न खाले तालीमहरु सञ्चालन गर्न शुरु गरेको छ । गरिवी निवरणको लागि लघु उद्यम विकास कार्यक्रम मार्फत ८० जनालाई गाउँमै लघु उद्यम सञ्चान गर्न सक्ने गरी विभिन्न प्रकारका तालिमहरु दिन लागेको छ ।
नगरपालिकाले गाउँमै स्वीटर उत्पादन गर्न सक्ने गरी १६ जना स्थानीयलाई वडा ७ सुकाजोरमा निटिङ मेसिनबाट तालिम दिन शुरु गरेका छन् । त्यस्तै गरी नगरपालिकाको आर्थिक सहयोगमा ग्रामिण विजनेश प्रमोशन प्रा.लि ले ८० जना नयाँ उद्यमी उत्पादन गर्ने र ४० जना पुराना उद्यमीहरुलाई स्तरोन्नति गर्ने गरी शनिबार देखि तालिम सुरु गरेको छ ।

साथै नगरपालिकाले मोबाइल मर्मत, इलेक्ट्रिसियन लागयतका सीपमूलक तालिम संचालनको तयारी समेत गरेको रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले बताए ।
गाउँमै भएका कच्च पदार्थ प्रयोग गर्दै गाउँमा रोजगारी सिर्जना गर्ने गरी सुरु गरिएको उद्यमी उत्पादन तालिमसँग स्थानीयको रोजागरी, आर्थिक उन्नति र समृद्धि जोडिएकाले आर्थिक बृद्धिमा सहयोग पुग्ने अपेक्षा गरेको नगर प्रमुख थापा मगरले जानकारी दिए । नगर प्रमुखले ५० दिनमा सबैले तन मन लगाएर सिप सिके ‘गरिवी निवरणको लागि उद्यमी उत्पादन गर्दै लघु उद्यम स्थापना गर्न समस्या नहुने बताए । नगर प्रमुख थापामगरले तालिम सिकेर दक्ष जनशक्ती उत्पादन भएपछि व्यवसायिक रुपमा लघु उद्योग स्थापना गरी व्यवसाय गर्न चहाने सहभागीहरुलाई नगरपालिकाले आवश्यक सहयोग गर्ने बताएका छन । उनले तालिम पश्चात उद्योग स्थापना गरेर धेरै बस्तु उत्पादन भए उत्पादित बस्तुहरुलाई बजार सम्म लैजाने जिम्मा नगरपालिकाले लिने पनी प्रतिबद्धता जनाएका छन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...