रामेछापका नेता कमल चौलागाई बने एमालेको केन्द्रीय सदस्य

Written by meropradesh creator

२९ फाल्गुन २०७७, शनिबार

रामेछाप । नेकपा एमालेले रामेछापका नेता कमल चौलागाई केन्द्रीय सदस्य बनेका छन् । यसअघि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रहेका चौलागाईलाई एमालेले अहिले केन्द्रीय सदस्य बनाएको हो ।
गत प्रतिनिधिसभा निर्वाचनको क्रममा कमल चौलागाई नेतृत्वको संयुक्त राष्ट्रवादी समाजवादी पार्टीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रमा प्रवेश गराएका थिए । पार्टी एकीकरण भएपछि चौलागाई सहकारी विभागको उप–प्रमुख रहेका थिए । प्रतिनिनिधिसभा विघटनपछि पार्टी दुई समुहमा विभाजित भएपछि चौलागाईले प्रचण्डको साथ छोडदै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका थिए ।
सर्वोच्च अदालतको फैसलाले दुवै पार्टी ब्युँतिएपछि चौलागाई पुनः एमालेको केन्द्रीय सदस्य बनेका थिए । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र ब्युँतिएपछि पनि आफूलाई साथ दिएर माओवादीमा नफर्किएका २३ जनालाई एमालेको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य बनाएका हुन् । बालुवाटारमा शुक्रबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनित गरेको हो ।
ओली समूहले एमालेमा मनोनयन गरेका माओवादी केन्द्रका पूर्वनेताहरु को–को हुन्– हेर्नुस नामाबली

१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द्र थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७. पासाङ शेर्पा
८. ज्वाला शाह
९. टेकबहादुर बलमपाखी
१०. कमल चौंलागाईं
११. मनोज थापा
१२. विषमलाल अधिकारी
१३. लीलालबहादुर थापा
१४. दधिराम न्यौपाने
१५. गिरधरि लाल
१६. झपट बोहोरा
१७. दावा लामा
१८. चन्द्रबहादुर खड्का
१९. डम्बर बिष्ट
२०. गौरीशंकर चौधरी
२१. नवीन रोक्का
२२. धर्मराज रेग्मी
२३. दिनेश पन्थी

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...