रामेछापमा साहसिक एवं पर्यटकीय खेल “तान डोरी” प्रतियोगीता हुने

Written by meropradesh creator

२७ फाल्गुन २०७७, बिहीबार

रामेछाप । जिल्लामा पहिलो पटक जिल्ला स्तरीय साहसिक एवं पर्यटकीय खेल “टग अफ वार” (तान डोरी) प्रतियोगीता हुने भएको छ ।
सो कुराको जानकारी जिल्ला खेलकुद विकास समिति रामेछापले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जनाएको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम अन्तर्गत जिल्ला खेलकुद विकास समितिको आयोजनामा यहीँ फागुन २९ गते शनिवार सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितिको खेलमैदानमा उक्त प्रतियोगीता हुने जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।


उनले भने– जिल्लाको लागि एकदमै नयाँ र नौलो यो गेम पहिलो पटक संचालन गर्दै छौं । यो खेल एकदमै साहसिक र पर्यटकीय खेलभित्र पर्ने भएकाले बागमती प्रदेश खेलकुद विकास समितिले रामेछापलाई प्रदान गरेको १ लाख ३५ हजार रुपैयाँ बजेटवाट यो खेलकुद प्रतियोगीताको आयोजना गरिएको हो । खेलकुद प्रतियोगीतामा जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरी आठवटा टिमको सहभागीता हुने समितिका अध्यक्ष श्रेष्ठले बताए ।
जिल्लामा पहिलो पटक हुने उक्त खेलुकद प्रतियोगीतामा उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी ख्क रामेछाप उद्योग वाणिज्य संघ बिच टग अफ वारको मैत्रीपूर्ण प्रर्दशन खेलको व्यवस्थापन गर्ने कार्यक्रम तय भएको जिल्ला खेलकुद विकास समिति रामेछापका प्रमुख केशब कटेलले जानकारी दिए ।
जिल्ला समन्वय समितिको खेलमैदानमा शनिवार हुने तान डोरी प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकास समिति रामेछापकी सदस्य सिता केसीले जानकारी दिइन । उनले भनिन्– प्रतियोगीतामा सहभागी हुने विजेता र उप–बिजेता टिमले शिल्ड, मेडल, प्रमाण–पत्र र नगद पुरस्कारको समेत व्यवस्थापन गरिएको छ ।
जिल्लामा हुने ऐतिहासिक र नयाँ खेल तान डोरी प्रतियोगीतामा सहभागी भएर खेलकुदको मनोरञ्जन लिनुहुन सबै जिल्लावासी, खेलकुद प्रेमीहरुलाई जिल्ला खेलकुद विकास समिति रामेछापले अनुरोध समेत गरेको छ । जिल्ला खेलकुद विकास समितिले विश्वभर फैलिएको कोरोना महामारीका कारण कुनै खेलकुद प्रतियोगीता गर्न सकेको थिएन । हाल नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या घट्दै गएको र कोरोना विरुद्धको खोप अभियान समेत जिल्लामा संचालन भएपछि खेलकुद विकास समितिले खेलकुद प्रतियोयीताहरु संचालन गर्न लागेको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...