८ सय आँखा रोगिले पाए निःशुल्क उपचार

Written by meropradesh creator

२७ फाल्गुन २०७७, बिहीबार

रामेछाप । तामाकोशी अस्पताल रामेछापले जिल्लामा लामो समयदेखी आँखाको बिरामी भएर बसेका ८ सय ४ जनाको बिरामीहरुको निःशुल्क उपचार गरेको छ ।
तिलगंगा आँखा अस्पताल काठमाण्डौं र जिल्ला सामुदायिक आँखा केन्द्रको सहकार्यमा सदरमुकाम मन्थलीको तामाकोशी अस्पतालमा तीन दिनसम्म संचालन भएको आँखा शिविरमा २ सय २८ जनाको शल्यक्रिया गरिएको छ भने ५ सय ७६ जनाको आँखाको परिक्षण गरिएको हो । आँखा शिविर १ सय ६ जना महिला र १ सय २२ जना पुरुष गरि २ सय २८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको तामाकोशी अस्पतालका निर्देशक गोबिन्द प्रसाद घिमिरेले जानकारी दिए ।


उनले भने– आँखाको उपचार र मोतिया बिन्दु भएका आँखाका बिरामीहरुको निःशुल्क रुपमा शल्यक्रिया गरिएको हो । आँखाको उपचारको लागि जिल्लाको ग्रामिण भेगवाट सदरमुकामसम्म आएका बिरामीहरुको कोही आफन्त नभएको र बस्ने ठाउँ नभएका सबै विरामी र कुरुवाहरुलाई खाने बस्ने समेतको व्यवस्थापन तामाकोशी अस्पतालले निःशुल्क व्यवस्थापन गरेको पनि निर्देशक घिमिरेले बताए ।
तामाकोशी अस्पतालले गएका वर्षहरुमा पनि जिल्लाको ग्रामिण भेगहरुमा गएर आँखाको जाँच गर्ने र मोतिया बिन्दु भएका बिरामीहरुको हकमा प्रत्येक वर्ष विभिन्न संस्थाहरुको सहयोगमा आँखा शिविर संचालन गर्दै आएको छ । संस्थाले यसवर्ष पनि गाउँगाउँमा आँखा जाँच गराएर अप्रेशन गर्नुपर्ने बिरामीहरु छनौट गरि ती बिरामीहरुलाई निःशुल्क रुपमा शिविरको आयोजना गरेको हो । तीनदिनसम्म संचालन भएको आँखा शिविरमा रमेश पराजुलीको नेतृत्वमा आएको टोलिमा बरिष्ठ सर्जन डा.संयम वजिमय, योगीता भण्डारी डा.प्रतिभा शाहि लगाएतको टोली उपचारमा संलग्न भएका थिए ।
तामाकोशी अस्पतालले आयोजना गरेको उक्त शिविरमा तामाकोशी सेवा समिति, मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जिल्ला अस्पताल रामेछापको सहयोगमा उक्त शिविरको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...