रिलायबल नेपाल इन्स्योरेन्सको तालिमले अभिकर्तामा उत्साह

Written by meropradesh creator

२३ फाल्गुन २०७७, आईतवार

रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखाले आफ्ना अभिकर्ताहरुलाई क्षमता विकासको लागि रिफ्रेसमेन्ट तथा मोटिभेसन तालिम दिएसँगै अभिकर्ताहरुमा उत्साह थपिएको छ ।
जिल्ला सदरमुकाम मन्थलीमा शनिवार भएको एकदिने उक्त तालिममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध रहि सक्रिय रहेका ४० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । संस्थाले आफ्ना अभिकर्ताहरुलाई पुनर्ताजकिय तथा उत्प्ररेणा बृद्धि हुने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको हो । संस्थाले हामीजस्ता अभिकर्ताहरुलाई मोटिभेसन तालिम प्रदान गरेर जीबन बिमाको क्षेत्रमा काम गर्न थप उर्जा मिलेको तालिममा सहभागी गोकुलगंगा गाउँपालिका वडा नं–४ बेतालीका प्रेमबहादुर खड्काले जानकारी दिए ।
रिलायबल नेपालको एकदिने उक्त तालिममा मिलियम डलर राउण्ड टेबल (एम.आर.डि.टी) सहित व्यवसायिक सफलता कसरि हासिल गर्न सकिन्छ भन्ने बिषयमा रिलायबल नेपाल लाइफ इन्सुरेन्सका रिजनल म्यानेजर राजकुमार गिरीले सहभागी अभिकर्ताहरुलाई जानकारी गराएका थिए । उनले अभिकर्ताहरुले बिमा क्षेत्रमा काम गर्दा आउने समस्यालाई कसरी हल गर्न सकिन्छ र असल र सफल अभिकर्ता बन्न के–कस्ता कार्यहरु गर्नुपर्छ भन्ने बारेमा पनि तालिममा सहभागी अभिकर्ताहरुलाई जानकारी गराएका थिए ।
रिलायबल नेपाल लाइफ इन्सुरेन्स २०६४ साल असार १८ गते कम्पनी रजिष्टार कार्यालय काठमाण्डौंमा दर्ता भई २०७४ साल भदौ १५ गते अनुमती पाएसँगै इन्सुरेन्सको क्षेत्रमा कामको थालनि गरेको हो । यस संस्थाले रामेछापको सदरमुकाम मन्थलीमा २०७४ साल पुस महिनाबाट कार्यालय स्थापना गरि जीवन बिमाको क्षेत्रमा काम गर्दै आएको छ ।


जीवन विमा गर्ने नागरिकहरुलाई सहज होस् भन्ने हेतुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दश भन्दा बढी पोलिसीहरु समेत ल्याएको छ । जसमा बिमा शुल्कमा छुट, पूर्ण अशक्त सुबिधा, सबारी दुर्घटना बिमा, अस्पताल नगद सुविधा, १५ वटा घातक रोगको उपचार सुविधा र अभिकर्ताहरुका लागि आकर्षक मासिक सुविधा लगाएतका सुविधाहरु कम्पनीले ल्याएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका मन्थली शाखाका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल रामेछापमा २ सय भन्दा बढिको संख्यामा अभिकर्ताहरु क्रियासिल रहेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...