प्रधानमन्त्रीको रेसमा म छैन्– देउवा

Written by meropradesh creator

२२ फाल्गुन २०७७, शनिबार

काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले अहिले आफु प्रधानमन्त्री हुने रेसमा नभएको बताएका छन् ।
शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेपाल विद्यार्थीसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको “महाकाण्ड” नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले अहिलेको अवस्थामा आफु प्रधानमन्त्री हुने दौडमा नरहेको बताएका छन् ।
संसदको पुनः स्थापनापछि अबको प्रधानमन्त्री देउवा भन्ने चर्चा चलिरहेको बेला देउवाले भने–विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो । म अहिलेको अवस्थामा प्रधानमन्त्री हुने रेसम छैन । मैले प्रधानमन्त्री हुनै चाहेको पनि छैन् । त्यस्तै अर्को प्रसंगमा देउवाले प्रतिनिधिसभा विघटनसम्वन्धीको मुद्धा अझै सर्वोच्च अदालतमा विचाराधीन रहेकाले नेपाली काँग्रेस सडकमा ननिस्कीएको बताए । संसदीय व्यवस्थामा अदालतलाई यो वा त्यो गर भन्न नहुने देउवाले बताए ।
संसद पुनःस्थापनाभए सँगै व्यवहारिक रुपमा नै विभाजित बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकलम दाहाल–माधव नेपाल समुह आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने योजना सहित जुटेका छन् । ती नेकपाका दुवै समुहले नेपाली काँग्रेसलाई विश्वासमा लिएर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने योजनामा रहेका छन् ।
नेकपा दुवै समुहले आ–आफ्नो पक्षमा लभिङ शुरु गरेपनि नेपाली काँग्रेस भने नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म पर्ख र हेर को अवस्थामा बसेको छ । नेपाली काँग्रेसले आवश्यक पर्दा उचित समयमा निर्णय लिने जनाएको छ ।
प्रतिनिधिसभा बैठक भोली आइतवार अपराह्न ४ बजे बस्ने भएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...