अग्नि नियन्त्रक अनुशिक्षण तालिम सकियो

Written by meropradesh creator

२१ फाल्गुन २०७७, शुक्रबार

रामेछाप । उपकरणहरु भएर पनि दक्ष जनशक्तिको अभावमा समस्या झेल्दै आएपछि जिल्लाका बिभिन्न निकायका पदाधिकारीहरुलाई अग्नि नियन्त्रक अनुशिक्षण तालिम प्रदान गरिएको छ ।
जिल्ला सदरमुकाम मन्थलीमा मन्थली नगरपालिका र नागरिक उड्डन कार्यालयको आर्थिक सहयोगमा शसस्त्र प्रहरी वल आश्रीत गुल्म मन्थलीले तीन दिने तालिमको आयोजना गरेको थियो । तालिममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटीका सदस्यहरु, डिभिजन वन कार्यालयका कर्मचारीहरु र स्वसेवक गरि ३५ जनाको सहभागीता रहेको थियो ।
तीनदिनसम्म चलेको उक्त तालिम शुुक्रवारवाट सकिएको छ । तालिम समापन कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जिल्लाको दक्षिणी भेग पुरै सुख्खाग्रस्त भएकाले हिउँदको समयमा दैनिक जसो आगलागी हुने र वर्षादको समयमा पानी पर्दा धेरै ठाउँमा पहिरो गई ठूलो धनजनको क्षती व्यहोर्नुपरेको जानकारी दिए ।
उनले भने–विपद्को समयमा हुनसक्ने सम्भावित घटनाहरुबाट जोगिन र भइहाले पनि उद्धार र राहात कसरी पुुर्याउने भन्ने बिषय गहन भएकाले यो तालिमको आयोजना गरेको हो । आगामी वर्ष नगरपालिकाले योजना नै बनाएर पुरै वडाहरुमा अग्नि नियन्त्रक अनुशिक्षण तालिम लैजाने बताए ।


तालिम समापन कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी तुलराज सुनुवारले जिल्लामा प्राप्त भएका अग्नि नियन्त्रक उपकरणहरु हुँदाहुँदै पनि ती उपकरणहरु चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा समस्या झेल्दै आएको भएता पनि यस तालिमले आगामी दिनमा उपकरणहरु चलाउन सक्ने दक्ष जनशक्ति उत्पादन भएकोमा खुशी व्यक्त गरे । उनले भोलीका दिनमा हुनसक्ने सम्भावित विपद्का घटनाहरु यदी भइहाले भने अहिले उत्पादन भएको जनशक्तिले घटना नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्नसक्ने अपेक्षा समेत गरे ।


तालिममा सहभागीहरुले तीनदिनसम्म सिकेको सिपलाई व्यवहारमा उतार्न सक्दा जिल्लामा हुने आगलागी लगाएतका घटना नियन्त्रणमा थप टेवा पुुग्ने अपेक्षा लिएको सशस्त्र प्रहरी बल आश्रीत गुल्म मन्थलीका प्रहरी नायव उपरिक्षक केशवराज प्याकुुरेलले जानकारी दिए । उनले भने– हिउँदको समयमा धेरै सामुदायिक वनहरुमा आगलागी भइरहेका छन् । तालीम सिकेका साथीहरुले आगलागी लगाएतका घटना न्युुनिकरणको प्रयास गर्ने विश्वास लिएको प्रनाउ प्याकुरेलले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...