मकवानपुर । हेटोडौं उपमहानगरपालिका वडा नं–१६ हटियास्थित बनाइनोको रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव आज बिहान फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मववानपुरका प्रहरी निरिक्षक अमर गजमेरले दिएको जानकारी अनुसार रुखमा झुण्डिरहेको अवस्थामा भेटिएको शव स्थानियवासी ५० वर्षिय रामकृष्ण बलामीको रहेको जनाएका छन् । उनले घटनाको बिषयमा स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको बिषयमा थप अनुसन्धान र मृतकको शव पोष्र्टमार्टको लागि जिल्ला अस्पताल ल्याउन इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देवराज काफ्लेको सहितको टोली घटनास्थल तर्फ पठाइएको छ । घटना के–कसरी भयो भन्ने बिषयमा अनुसन्धान समेत भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









