जिपको ठक्करबाट किशोरीको मृत्यु

Written by meropradesh creator

१९ फाल्गुन २०७७, बुधबार

रामेछाप । ललितपुरको नख्खुदोबाटोमा सडक पार गर्दै गरेकी एक किशोरीको जिपको ठक्करबाट मृत्यु भएको छ ।
जिपको ठक्करवाट मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई आल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षिय अन्जु दाहाल रहेकी छिन् । आज विहान ५ वजेको समयमा बाटो पार गर्दै गर्दा ती किशोरीलाई स १ ज ५६७ नम्वरको बोलेरो जिपले ठक्कर दिएको थियो ।
सडक पार गर्दै गरेको बेला उनलाई जिपले ठक्कर दिएको थियो । जिपले ठक्कर दिएर घाइते भएकी दाहालको घटनास्थलवाट उद्धार गरि उपचारको लागि अस्पताल लगिएको थियो । घाइते दाहालको उपचारको क्रममा आज बिहान अस्पतालमा नै मृत्यु भएको हो । घटनामा संलग्न जिप सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...

इरान र इजरायलबीच पुनः युद्ध सुरु: सैन्य अड्डाहरूलाई लक्षित गरी दुवैतर्फबाट मिसाइल प्रहार

इरान र इजरायलबीच पुनः युद्ध सुरु: सैन्य अड्डाहरूलाई लक्षित गरी दुवैतर्फबाट मिसाइल प्रहार

गत अप्रिल महिनामा भएको युद्धविरामको दुई महिना नबित्दै इरान र इजरायलबीच फेरि भीषण लडाइँ सुरु भएको छ। आइतबार राति इरानले इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि दुई देशबीचको तनाव पुनः उत्कर्षमा पुगेको हो। इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले यस...

जातीय छुवाछूत उन्मूलन दिवसमा रामेछापका १७ दलित सम्मानित

जातीय छुवाछूत उन्मूलन दिवसमा रामेछापका १७ दलित सम्मानित

रामेछाप, जेठ २१ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा रामेछापमा १७ जना दलित व्यक्तित्व सम्मानित भएका छन्। दलित समुदायको सामाजिक, शैक्षिक, सांस्कृतिक तथा सामुदायिक विकास तथा सामाजिक रूपान्तरणमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको...