रामेछापमा एकैदिन तीनठाउँमा आगलागी

Written by meropradesh creator

१८ फाल्गुन २०७७, मंगलवार

रामेछाप । जिल्लाका विभिन्न तीन स्थानमा एकैदिन आगलागी भएको छ । आगलागीमा परि मन्थली नगरपालिका वडा नं–५ सुनारपानीमा दुईवटा गोठ जलेर नष्ट भएका छन् ।
मन्थली नगरपालिका वडा नं–५ सुनारपानीको डाँडापारी सामुदायिक वनमा मंगलवार दिउँसो आगलागी भएको थियो । सामुदायिक वनमा लागेको आँगो सल्कदै जाँदा मन्थली नगरपालिका वडा नं ५ सुनारपानी चिहानडाँडाका ज्ञानवहादुर भुजेल र शेरवहादुर भुजेलको दुईवटा गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् । सुनारपानीमा लागेको आँगो निभाउन जिल्ला प्रहरी कार्यालय रामेछापवाट गएको प्रहरी टोली, सदरमुकाम मन्थलीवाट गएको सशस्त्र प्रहरीको टोली, मन्थली नगरपालिकाको दमकल र स्थानिय नागरिकहरुको सक्रियतामा उक्त आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
त्यस्तै मन्थली नगरपालिका वडा नं–६ भलुवाजोरको सामुदायिक वनमा समेत आगलागी भएको छ । उक्त आगलागी भएको स्थानमा अहिले नागरिकहरुले आगो निभाउने काम भइरहेको छ । घना सामुदायिक वन रहेको उक्त स्थानमा वस्ती टाढा रहेको छ । आगलागी भएको स्थानसम्म जाने सडक नभएको कारण दमकल लगेर आगो निभाउन नसकिएको मन्थली नगरपालिका वडा नं–६ का वडा सदस्य प्रेमवहादुर तामाङ्गले जानकारी दिए ।
त्यसैगरी लिखु तामाकोशी गाउँपालिका वडा नं–३ बिजुलीकोटमा रहेको झट्टेश्वरी सामुदायिक वनमा पनि आगलागी भएको छ । दिउँसो देखी सामुदायिक वनमा लागेको आगो बढ्दै जाँदा बस्ती नजिक पुगेको थियो । उक्त आगो निभाउन इलाका प्रहरी कार्यालय धोवीवाट प्रहरी पुगेको थियो भने स्थानियहरुको समेत सहभागीतमा आँगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रेष्ठले बताए । आज भएको आगलागीमा के कती क्षती भयो भन्ने विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...