श्रोत नखुलेको ३ लाख नगद सहित एक महिला पक्राउ

Written by meropradesh creator

१७ फाल्गुन २०७७, सोमबार

रामेछाप । सशस्त्र प्रहरीले श्रोत नखुलेको तीन लाख रुपैयाँ रकम सहित एक महिलालाई पक्राउ गरेको छ ।
बीओपी तिलाठीको टोलीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं–१ स्थित खाँडो खोला नजिकबाट ती महिलालाई उक्त रकम सहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए । उनका अनुुसार पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नं–१ वस्ने ५५ वर्षीया गीतादेवी महतो रहेकी छिन् ।
चेकजाँचमा रहेको प्रहरीले शंकाको आधारमा ती महिलालाई चेकजाँच गर्ने क्रममा उनको साथवाट श्रोत नखुलेको ३ लाख रुपैयाँ नगद सहित बरामद गरिएकाले उनलाई रकम सहित भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । यसअघि ११ फागुनमा सोही ठाउँवाट सशस्त्र प्रहरीले श्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित दुईजना महिलालाई पनि पक्राउ गरेको थियो ।
यसअघि सशस्त्र प्रहरीले छिन्नमस्ता गाउँपालिका वडा नं–५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दासलाई पक्राउ गरि उनीहरुको साथवाट श्रोत नखुलेको १० लाख रुपैयाँ नगद फेला पारेको थियो । उनीहरु दुवैजनालाई सशस्त्र प्रहरीले रकम सहित भन्सार कार्यालयमा बुझाएको थियो । सप्तरीसँग सिमा नाका जोडिएको कुनौली नाका हुँदै विभिन्न सामानहरुको चोरी तस्करी हुँदै आएकोमा पछिल्लो पटक हुण्डी कारोवार हुदै आएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...