तीन विद्यार्थीलाई तीनै जना शिक्षक

Written by meropradesh creator

१४ फाल्गुन २०७७, शुक्रबार

रामेछाप । धेरैजसो विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक नहुँदा विद्यालयमा अध्ययरत बालबालिकाहरुको पठनपाठन प्रभावित भएको कुरा त सुनिएकै हो, तर तीन जना विद्यार्थीलाई तीनै जना शिक्षक रहेको सुन्दा अचम्मै लाग्न सक्छ ।
यस्तै अचम्मको शिक्षक र विद्यार्थी संख्या बराबरी रहेको विद्यालय रामेछाप नगरपालिकावडा नं–३ साँघुटारमा रहेको छ । साँघुटारमा रहेको ककनी आधारभूत विद्यालयलयमा बिगत लामो समयदेखी तीनजना विद्यार्थीहरुलाई तीनजना शिक्षकहरुले एकै कक्षा कोठामा राखेर पढाउँदै आएका छन् । २०५१ सालमा स्थापना भएको उक्त विद्यालयमा शुरुका वर्षहरुमा कक्षा ८ सम्म पढाई हुने गर्दथ्यो ।
पछिल्लो समय गाउँमा रहेका युवायुवती वैदेशिक रोजगारीमा जाने क्रम वढ्दो र गाउँका अभिभावकहरु आफ्ना साना बालबालिकाहरुलाई सदरमुकामका केही निजी विद्यालयमा त केही सुविधासम्मपन्न विद्यालयहरुमा पढाउन शुरु गरेपछि त्यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको संख्यामा कमी आएको सो विद्यालयका शिक्षकले बताएका छन् ।
विद्यार्थी नहुँदा अहिले उक्त विद्यालयमा कक्षा ५ सम्म मात्रै पढाई हुँदै आएको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या १५ जना रहेको विद्यालयले जनाएका छन् । तर उक्त विद्यालयमा पत्रकारहरु पुग्दा विभिन्न समुहका तीनजना विद्यार्थीलाई एकै ठाउँमा राखेर शिक्षकले पढाउँदै आएको भेटिएको हो । पत्रकारहरु सो विद्यालयमा पुग्दा अन्य कक्षा कोठामा कुनै पनि विद्यार्थीहरु थिएनन् ।
धेरै वर्ष मेहेनेत गरेर गाउँमा आधारभूत विद्यालय स्थापना गरेको भएता पनि अहिलेको विद्यालयको अवस्था हेर्दा निकै दयनिय बनेको रामेछाप नगरपालिका वडा नं–३ साँघुटारका धनवहादुर खड्काले जानकारी दिए । उनले भने– विद्यालयमा यतिखेर हेर्ने हो भने विद्यार्थीको संख्या र शिक्षक बराबरी छन् । हरेक वर्ष विद्यार्थी भर्ना अभियान अन्तका विद्यालयले चलाउने सुने पनि आफ्नो गाउँको विद्यालयले भने यो अभियानमा खासै चासो नदिदा यस्तो समस्या आएको हुनसक्ने खड्काले बताए ।
रामेछाप नगरपालिका शिक्षा शाखाले पटक–पटक अनुगमन गर्दा सो विद्यालयमा विद्यार्थी संख्या एकदमै कम भएकाले त्यस विद्यालयमा कक्षा घटाउने बिषयमा नगर शिक्षा समितिमा छलफल भइरहेको रामेछाप नगरपालिका शिक्षा शाखाका प्रमुख सुकदेव नेपालले जानकारी दिए । उनले भने– पहिला देखी चलिरहेको विद्यालयको एकै पटक कक्षा घटाउन स्थानिय अभिभावकहरुले नमानेका कारण घटाउन सकिएन । आगामी शैक्षिक सत्र ०७८ साल वैशाख देखी लागु गर्ने गरि कक्षा ३ सम्म मात्रै संचालन गर्ने गरि नगर शिक्षा समितिले काम अघि वढाएको र त्यस विद्यालयका शिक्षकलाई अन्यत्र पदास्थापना गर्ने योजना वनेको शिक्षा प्रमुख नेपालले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको अध्यक्षमा सनत थापासहित प्यानलै विजयी

उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...