काठमाडौँ । प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरे संगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको हो । (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक आज अपराह्न ४ बजेका लागि बोलाएको छ । आज बस्ने बैठकमा प्रचण्ड–माधव समूहले संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने रणनीतिर्कोे भूमिका र रणनीति तय गर्नेे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ । प्रचण्ड–माधव समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









