काठबाट बनेका वस्तुहरु लोपहुदै

Written by meropradesh creator

११ फाल्गुन २०७७, मंगलवार

रामेछाप । रामेछापमा परम्परागत रुपमा काठबाट बनेका ठेकी, पाथी र माना लगाएतका वस्तुहरु लोप हुने अवस्थामा पुगेको छ । रामेछापमा परम्परागत रुपमा काठवाट निर्मित कलात्मक तरीकाले कुदिएका काठका दुध दुहुने ढुग्रो, दहि जमाउने ठेकी र अन्न भर्ने पाथी र माना साथै घ्यु जमाउने हर्पे जस्ता वस्तुहरु उत्पादन भएर त्यतिकै मात्रामा गाउँमा विक्री हुने गरेको थियो ।
अहिले गाउँमा ती वस्तुहरु लोप हुने अवस्थामा पुगेका छन् । पहिला प्लाष्टिक, सिलाभर र स्टीलबाट बनेका भाँडाहरु भेट्न मुस्किल पर्ने गर्दथ्यो त्यस कारण काठबाट बनेका वस्तुहरु बिक्रिबितरण हने गथ्र्यो तर अहिले जता ततै पलास्टिक जन्य बस्तु प्रयोग भएको कारण
काठबाट बनेका वस्तुहरुलोप हुन थालेको व्यवसायी मन्थली नगरपालिका–१३ फुलासीका धनवहादुर विश्वकर्माले बताए ।
उनले भने पहिला प्लाष्टिक, सिलाभर र स्टीलबाट बनेका भाँडाहरुको सट्टामा गाउँकै सामुदायिक वन र व्यक्तिको वारीको कान्लामा हुने ठूलो रुख कटहर र दारका काठवाट ठेकीहरु निमार्ण हुने गर्दथ्यो । तर अहिले गाउँमा काठको अभाव एकातिर छ भने यो पेशामा लाग्ने व्यक्तिहरु समेत पलाएन भएको ठेकी व्यवसायी विश्वकर्माले बताए ।


ठेकी व्यवसायी विश्वकर्माले भने अहिले सामुदायिक वनमा काठ काट्न पाइदैन । अर्कातिर व्यक्तिको घर कान्लाका रुखहरु पनि मासिदै गए । पहिला पहिला काठवाट वनेका ठेकीहरुको माग अत्याधिक हुने गर्दथ्यो । अहिले गाउँघरमा भैसी गाई पाल्न नै छाडे । कसैले पाली हाले भने पनि दुध सिधै डेरीमा विक्री गर्न थाले त्यसकारण यो पुस्तौ देखी गर्दै आएको पेशा लोप हुन लागेको हो । पहिला ठेकी पुरयाउँन नै गाह्रो हुने गर्दथ्यो । अहिले बनेका ठेकी समेत विक्री नभएर घरमा थन्काउन वाध्य हुनु परेको उनले गुनासो गरे ।


पहिला काठबाट बनेको ठेकीमा दुध जमाउँदा राम्रो दही बन्ने गर्दथ्यो । काठको ठेकीमा पारेको मोही अत्यन्तै मिठो र स्वादिलो हुने गर्दथ्यो तर प्लाष्टिक, सिलाभर र स्टीलबाट बनेका भाँडाहरुमा जमाको दहि महि र घिउको त्यसतो स्वाद नहुने स्थानिय माइकल चौहानले बताए ।
। अर्का एक स्थानि माधब कार्कीका अनुसार अहिले बजारमा जताततै प्लाष्टिक, स्टील र सिलाभरका सामानहरु निस्कीए तर पनी ति प्लाष्टिक, सिलाभर र स्टीलबाट बनेका भाडामा राखेको दुध बिग्रने उगग्ल आउने गरेको बताए । काठवाट वनेका जस्तो ठेकी अन्य वजारमा खरिद गरेका आल्मुनियमका भाँडाहरु नहुने र त्यसमा जमाएको दुधवाट वनेका सामाग्रीहरु पनि मानव स्वास्थ्यको लागि गुणकारी नहुने उनले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...