जल विद्युत आयोजना अलपत्र

Written by meropradesh creator

११ फाल्गुन २०७७, मंगलवार

रामेछाप । रामेछापको दोरम्वा गाउँपालिकाको मिल्ती खोलामा निमार्ण भएको मिल्ती लघु जल विद्युत आयोजना अलपत्र अवस्थामा रहेको छ । शुरुमा शुरुमा यो जल बिद्युत आयोजना सञ्चालनमा ल्याएको भएता पनी पछी आएर एघार बर्ष देखी प्रयोग बिहिन अवस्थामा रहेको छ ।
दोलखा र रामेछापको सिमानामा पर्ने डडुवाको मिल्ती खोलामा निमार्ण भएको १६ किलोवाट क्षमताको लघु जल विद्युत आयोजना रकम अभावको कारण एघार बर्षदेखी अलपत्र रहेको छ । विजुली वत्ती नहुँदा दोरम्वा गाउँपालिका वडा नं.–१ डडुवा मेघ्रेका ८० घरधुरीले २ हजार रुपैयाँका दरले पैसा उठाएका थिए भने बाँकी अपुग पैसा वैकल्पीक उर्जा प्रालिवाट २४ लाख रुपैया र तत्कालीन डडुवा गाविसको कार्यालयवाट प्राप्त ४ लाख रुपैयाँ गरी २९ लाख ६० हजार रुपैयाँ खर्चेर मिल्ती लघु जल विद्युत आयोजना सञ्चालनमा ल्याएका थिए । स्थानियहरुले अपुग रकम लघुवित्त विकास संस्थान बाट २४ लाख रुपैयाँ ऋण लिएर २०६५ सालमा विजुली बत्ती बालेका थिए । स्थानिय उपभोक्ताहरुले मासिक १ सयका दरले शुल्क उठाएर विजुली बत्ती बालेका थिए । स्थानिय ८० घरधुरीले उठाएको रकमले विद्युत स्टेशनमा बस्ने कर्मचारीलाई तलब खुवाउन मात्रै रकमपुग्ने र अन्य मर्मत सम्भारको लागि रकम अभाव हुँदा उक्त आयोजना पूर्णरुपमा बन्दहुन पुगेको मिल्ती लघु जलविद्युत आयोजनाका सचिब ताराबहादुर मोक्तानले बताए ।


उनका अनुसार हिउँदको समयमा विद्युत उत्पादनमा सहज भएता पनि वर्षातको समयमा आउने मिल्ती खोलाले सिंचाई कुलो बगाउने ट्रमिनलमा समेत क्षतीगर्ने र विद्युतमा प्रयोग भएका सामानहरु पुरानो हुँदै जादा बढी विग्रने र मर्मत गर्न धेरै खर्च लाग्ने र रकम अभाव भएकै कारण विद्युत उत्पादन बन्द भएको हो । पछि २०७० सालमा केन्द्रीयविद्युतको लाइन डडुवाको मेघ्रेमा पुगेपछि मिल्ती खोलाको लघु जलविद्युत आयोजना बन्द भएको छ भने उक्त आयोजनामा प्रयोग भएका सामाग्रीहरु खियालागेर कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

पोखरेलद्वारा विवादास्पद व्यवहार र अभिव्यक्तिप्रति क्षमायाचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले ओखलढुंगामा भएको विवादास्पद व्यवहार र अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमायाचना गर्नुभएको छ। शुक्रबार जारी विज्ञप्तिमा उहाँले सामाजिक सञ्जालमा प्रसारित भिडियोले घटनाको पूर्ण सन्दर्भ नसमेट्दा गलत सन्देश गएको उल्लेख...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...