अखिल नेपाल महिलासंघको विरोध प्रदर्शन

Written by meropradesh creator

१० फाल्गुन २०७७, सोमबार

रामेछाप । नेकपा प्रचण्ड–माधब समुह निकट अखिल नेपाल महिला संघ रामेछापले आइतवार मन्थलीमा प्रतिनिधिसभा विघटनको विरुद्ध विरोध प्रर्दशन गरेका छन् ।
प्रतिनिधि सभा विघटनको विरुद्ध नेकपा प्रचण्ड–माधब नेपाल समुहको अखिल नेपाल महिलासंघ केन्द्रले निर्धारण गरेको कार्यक्रम अनुसार सदरमुकाम मन्थलीमा अनेमसंघले विरोध कार्यक्रम प्रदर्शन गरेको हो । प्रर्दशन कार्यक्रममा सहभागी भएका महिला नेताहरुले देशका विभिन्न स्थानहरुमा भइरहेका हत्या हिंसा र बलात्कारको घटना रोक्न सरकारसँग माग गरेका छन् ।
बिरोध सभामा बोल्दै संविधानसभा सदस्य लक्ष्मी गुरुङ्गले अहिलेको केपी शर्मा ओलीको सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेर उनले आफ्नो दम्भ देखाएपनि यसलाई सडक आन्दोलनको बलवाट नै विघटन गरिएको प्रतिनिधिसभा पुर्नस्थापना गरेर छाड्ने संविधानसभा सदस्य गुरुङ्गले वताइन ।


उनले देशका विभिन्न स्थानहरुमा दैनिक रुपमा महिला हिसां, बलात्कार जस्ता गम्भिर घटनाहरु भइरहदा समेत अहिलेको सरकारले मजबुत रुपमा शान्तिसुरक्षा कायम गर्न नसकेको आरोप समेत लगाइन । बिरोध सभा कार्यक्रममा सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता बिष्ट, लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । त्यसैगरी सो कार्यक्रममा प्रचण्ड–माधब नेपाल समुहका महिला नेता तथा कार्यक्रर्ताहरुको समेत उपस्थिती रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

 रामेछापका १३ घर आगलागी पीडितलाई राहत प्रदान   

 रामेछापका १३ घर आगलागी पीडितलाई राहत प्रदान   

रामेछाप । तामाकोशि सेवा समिति मन्थली, मेयर ध्वज सेवा समिति रामेछाप नगरपालिका ८ भँगेरी र मारवाडी सेवा समिति काठमाडौँले रामेछापका १३ घर आगलागी पीडितलाई सहयोग गरेको छ । रामेछाप नगरपालिका–९ टारका १३ घर आगलागी पीडितहरूलाई सिरक ,ग्याँस,ग्याँस सिलिन्डर चामल लगायत विभिन्न...

जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

रामेछाप । जिल्ला अस्पताल रामेछाप नेपाल भरका जिल्ला अस्पताल मध्य तेस्रो हुन सफल भएको छ ।  स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलो अप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछापले ९१ प्रतिशत अङ्क प्राप्त गर्दै तेस्रो हुन सफल भएको छ ।  देशभर...

बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बरामद अफिम नष्ट गरेको छ । प्रहरीले फागुन २६ गते सुनापति गाउँपालिका वडा नं ३ हिलदेवीबाट दुई महिला सहित ७ हजार बोट लागू औषध (अफिम) बरामद गरिएको थियो । कानुनी प्रक्रिया पुरा गरी सोमबार प्रहरी परिसर भित्र नष्ट गरेको हो । सुनापती...