राष्ट्रपति रनिङ्ग शिल्ड मन्थलीको पोल्टामा

Written by meropradesh creator

१० फाल्गुन २०७७, सोमबार

रामेछाप । मन्थली नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा ३१ स्वर्ण पदक सहित मन्थली माध्यमिक विद्याललयले शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
स्वर्णपदक सँगै मन्थली माध्यमिक विद्यालयले २१ रजत र १७ कास्य पदक सहित ६९ वटा पदक जित्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको प्रथम स्थान हासिल गर्न सफल भएको हो । सदरमुकाम मन्थलीमा शुक्रवारवाट शुरु भएको उक्त खेलकुद प्रतियोगीता आइतवार सम्पन्न भएको हो । प्रतियोगीतामा मन्थली नगरपालिका भित्रका २२ वटा विद्यालयमा अध्ययनरत बालबालिकाहरुले भाग लिएका थिए ।
प्रतियोगीतामा सहभागी भएका विद्यालयहरु मध्ये कर्कलादेवी अंग्रेजी वोडिङ्ग स्कुलले ५ स्वर्ण पदक सहित, ८ रजत र ९ कास्य गरि २२ पदक जित्न सफल भएको छ । त्यसैगरी सेतेदेवी माध्यमिक विद्यालय सालुले ५ स्वर्ण पदक, ५ रजत र ४ कास्य गरि १४ वटा पदक हात पार्न सफल भएको छ । प्रतियोगीता समापन कार्यक्रममा विजयी खेलाडीहरुलाई मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले शिल्ड, प्रमाण–पत्र र पदक प्रदान गरेका थिए ।


लगातार रुपमा तीनवर्षसम्म राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा प्रथम स्थान हासिल गराउन लागि पर्ने विद्यालयका खेल शिक्षक, खेलकुद प्रतियोगीतामा भाग लिने खेलाडी विद्यार्थीहरुलाई मन्थली माध्यमिक विद्यालयका प्रध्यानध्यापक टंकप्रसाद दाहालले धन्यवाद व्यक्त गरे । उनले भने– मन्थली माध्यमिक विद्यालयमा अध्यनरत भाइबहिनीहरुले विगतको भन्दा पनि यसवर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा उत्कृष्ठ खेल प्रर्दशन गरेर शिल्ड आफ्नो हातमा पार्न सफल भएका छन् । आगामी वर्षहरुमा पनि यसलाई निरन्तर दिन मन्थली माध्यमिक विद्यालय लागि पर्ने छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...