विप्लवलाई उपप्रधानमन्त्री देखी महासचिव सम्मको प्रस्ताव

Written by meropradesh creator

९ फाल्गुन २०७७, आईतवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी वली समुहले नेत्रविक्रम चन्द विप्लवललाई उपप्रधानमन्त्री देखी महासचिव सम्मको प्रस्ताव राखेको विश्वस्त स्रोतले बताएको छ । सरकारसँग अचानक वार्तामा आउन सकारात्मक भएका प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपछि अर्को आश्चर्यचकित पार्ने कदमहरु चाल्ने संकेतहरु मिलेको छ ।
ओली सरकारले कठोर नीति लिएपनि विप्लव वार्ताका लागि तयार हुनुमा कुनै खास राजनीतिक प्रस्तावले काम गरेको छ । विश्वस्त स्रोतका अनुसार विप्लवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खटाएका नेपाल कम्युनिस्ट पार्टीका नेताहरुमार्फत् पार्टी महासचिवको प्रस्ताव गरिएको छ । उनी ओली समूहको नेकपासँग एकीकरण गर्न आएमा वली समुहले विप्लवलाई महासचिव बनाउने प्रस्ताव पुगेको हो ।
विप्लवलाई सरकारमा उपप्रधानमन्त्री सहित महत्वपूर्ण मन्त्रालयको समेत प्रस्ताव पुगेको छ । त्यसबारे विप्लव पक्षबाट भने कुनै जवाफ आएको छैन ।
जनयुद्ध लड्दाका तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट दूरी राखेर विप्लव ओलीसँग नजिकिनुलाई चासोका साथ हेरिएको छ । विप्लव शासकीय स्वरुप समेत फेर्नुपर्ने पक्षमा छन् । ओलीको पछिल्लो भूमिका त्यसैतर्फ हुने संकेतहरु मिल्न थालेको छ ।
यसैगरी, ८ फागुनमा अकस्मात् प्रेस विज्ञप्ति जारी गरी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बताएर धेरैलाई आश्चर्यचकित पारेका थिए । विप्लव संवादका लागि सकारात्मक भएको विज्ञप्ति आउनु अघि उनी नेतृत्वको नेकपाले तीन कम्युनिस्ट घटकसँग २९ माघमा रणनैतिक मोर्चा गठन गरी घोषणा गरिसकेको छ । मोर्चामा मोहन वैद्य किरण, ऋषि कट्टेल र आहुती नेतृत्वको कम्युनिस्ट पार्टी छन् । २० माघमा खानेपानीमन्त्री मणि थापाले नख्खु कारागार पुगी विप्लव पक्षका नेता हेमन्त प्रकाश ओलीलाई भेटेका थिए । सुदर्शन भनिने ओलीसँगको भेट वार्ताको वातावरण बनाउने उद्देश्यले थियो । यो भेटले पनि वार्ताको माहोल तयार गर्न भूमिका खेल्यो ।
समाचार स्रोत रिपोर्टस नेपाल डट कम

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...