उद्योग बाणिज्य संघको नेतृत्वमा बजार सरसफाई

Written by meropradesh creator

६ फाल्गुन २०७७, बिहीबार

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ रामेछापले प्रजातन्त्र दिवसको पूर्वसन्धया पारेर बिहिवार बिहान मन्थली बजार सरसफाई गरेको छ ।
रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा भएको बजार सरसफाई कार्यक्रम मन्थली नगरपालिकाको वडा नं–१ को कटहरवोट देखी बसपार्क, ट्राफिक बिट हुँदै तीनलाल पार्क र हाटेचौरसम्म सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारी र कर्मचारीहरु, संचारकर्मीहरु, उद्योगी, व्यवसायीहरुको समेत उपस्थिती रहेको थियो ।


उद्योग वाणिज्य संघले मन्थली बजारलाई पूर्णरुपमा सफा र सुन्दर बनाउन आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमहरु समेत गर्दै जाने रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत नबिनकुमार केसीले जानकारी दिए । उनले भने– यसअघि पनि पटक–पटक मन्थली बजार सरसफाईको लागि रामेछाव उद्योग बाणिज्य संघका पहलमा थुप्रै किसिमका कार्यक्रमहरु भएका छन् । बजार सफा राख्न सबै बजारवासीको पनि उतिकै महत्वपूर्ण जिम्मेवारी भएकाले सवैजनालाई कार्यक्रममा सहभागी गराइएको अधिकृत केसीले बताए ।
सरसफाई कार्यक्रम समापनको अवसरमा बोल्दै रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले मन्थली बजार पूर्णरुपमा सफा राख्न आम बजारवासीले आ–आफ्नो घरआँगन र सडक सफाईमा ध्यान दिनु जरुरी रहेको भन्दै सरसफाई गर्दा निस्एिको फोहोरलाई यत्रतत्र नछरी व्यवस्थित तवर राख्न र फोहोर उठाउन आउने गाडी आएपछि मात्रै घरवाट निकाल्न बजारवासीलाई आग्रह गरे ।
रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशवब्रसाद घिमिरेले बजार सरसफाई कार्यक्रममा सहभागी भई सहयोग पुर्याएको भन्दै सहभागीहरुप्रति कृतज्ञता व्यक्त गरे । उनले भने– सबै जनाले आ–आफ्नो घर अगाडी फोहोर मैला नगर्ने हो भने बजार सधै सफा हुन्छ, भएको फोहोर मैला जसको घर अगाडी छ, त्यो घरधनीले सफा गर्ने हो भने बजार सधै सफा र स्वच्छ रहन्छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला’ आयोजना हुने

रामेछाप : प्रारम्भिक बालविकासका क्षेत्रमा अभिभावकलाई सचेत र जागरुक बनाउने उद्देश्यले रामेछाप नगरपालिकामा ‘अभिभावक सिकाई मेला तथा प्रदर्शनी’ आयोजना हुने भएको छ। रामेछाप नगरपालिका र सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको संयुक्त आयोजनामा आगामी वैशाख ३१ गते यो कार्यक्रम...

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

गृहमन्त्री सुधन गुरुङको राजीनामा: बालेन सरकारबाट बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल गठनकै दिन जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङ अन्ततः पदबाट बाहिरिएका छन्। सुरुवातमा उच्च पदस्थ कर्मचारीहरूमाथि कडा कारबाही गरेर निकै वाहवाही बटुलेका गुरुङ पछिल्लो समय भने विभिन्न विवादका कारण आलोचनाको घेरामा परेका थिए।...

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

विद्युतीय सवारीमा भाडा नबढेको विभागको स्पष्टीकरण: बढी लिए कारबाही हुने चेतावनी

यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारीको भाडा विद्युतीय सवारी साधनमा लागू नहुने स्पष्ट पारेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण चैत २५ देखि डिजेलबाट चल्ने सवारीमा मात्र भाडा बढाइएको भए पनि केही विद्युतीय सवारीले गैरकानुनी रूपमा बढी भाडा...